आज माछापुच्छ्रे बैंकसहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको तेस्रो दिन सेयर बजार गिरावट छ ।

मंगलबार, नेप्से परिसूचक ५.०५ अंकले घटेर १९९३.४२ अंक विन्दुमा आइपुगेको छ ।

आज ४० लाख ६ हजारको कित्ता सेयर ८६ करोड ५१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४४ वटा कम्पनीको घटेको छ भने १४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, माछापुच्छ्रे बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३ करोड ६२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, आईएमई लाइफ इन्स्योरेन्सको ३ करोड २४ लाख, नेपाल टेलिकमको ३ करोड १ लाख, शिवम् सिमेन्ट्सको २ करोड ३८ लाख, घोराही सिमेन्ट्सको २ करोड २६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स