११ माइक्रोफाइनान्सको लाभांश घोषणा, स्वाभिमानको ३४ % अन्यको कति ?

काठमाडौं । हालसम्म ११ वटा माइक्रोफाइनान्सले लाभांश घोषणा गरेका छन् । माइक्रोफाइनान्सहरुले गत वर्ष २०७७÷७८ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

शनिबारसम्म सबैको लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त वित्तीय संस्था र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । यस्तै, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, सिभिल लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था, आरएसडीसी लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् ।

लघुवित्तहरुले प्रस्ताव गरेको लाभांश स्वीकृतिका लागि राष्ट्र बैंक पुगेको छ । भने, केही लघुवित्तको लाभांश राष्ट्र बैंकले स्वीकृति दिइसकेको छ भने केही स्वीकृतिको क्रममा छ । राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारण सभाले अनुमदोन गरेपछि प्रस्तावित लाभांश सेयरधनीहरुमा वितरण हुनेछ ।

लघुवित्तहरुमा सबैभन्दा धेरै स्वाभिमान लघुवित्त वित्तीय संस्था ३४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । स्वाभिमानले ३२.३ प्रतिशत बोनस सेयर र १.७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश घोषणा गरेको छ । सबैभन्दा कम एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ५.४१ प्रतिशन नगद लाभांश घोषणा गरेको छ ।

यस्तो छ लघुवित्तहरुको लाभांश

सबैको लघुवित्त वित्तीय संस्थाले ३२.६८ लाभांश घोषणा गरेको छ । सबैकोले ३१.०५ बोनस सेयर र १.६३ नगद लाभांश प्रस्ताव गरेको छ ।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले २८ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ ।

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले २७.३६ लाभांश प्रस्ताव गरेको छ । जसमा २० बोनस सेयर ७.३६ प्रतिशत नगद लाभांश रहेको छ ।

आशा लघुवित्त वित्तीय संस्थाले २६.३१ लाभांश घोषणा गरेको छ । जसमा २५ बोनस सेयर र १.३१ प्रतिशत नगद लाभांश छ ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत लाभांष घोषणा गरेको छ । स्वावलम्बनले १९ बोनस सेयर ६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले २१.०५२ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा २० प्रतिशत बोनस सेयर र १.०५२ प्रतिशत नगद लाभांश प्रस्ताव छ ।

सिभिल लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश रहेको छ ।

गुराँस लघुवित्त वित्तीय संस्थाले १७.७९ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा १६.९०६ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद लाभांश छ ।

स्वाभिमान लघुवित्त वित्तीय संस्थाले ३४ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा ३२.३ प्रतिशत बोनस सेयर र १.७ प्रतिशत नगद लाभांश छ ।

आरएसडीसी लघुवित्त वित्तीय संस्थाले १०.५२ लाभांश घोषणा गरेको छ । जसमा १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश छ ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ५.४१ प्रतिशन नगद लाभांश प्रस्ताव गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स