नाडा अटो शोमा एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने, करिब २० अर्ब भन्दा बढीको कारोबार हुनेः अध्यक्ष धुव्र थापा

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष धुव्र थापाले नाडा अटो शोमा एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब २० अर्ब भन्दा बढीको कारोबार हुने अपेक्षा गरेका छन् । सोमबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सो कुरा बताएका हुन् ।

सो प्रदर्शनीमा सहभागी हुने अटोमोबाइल कम्पनीहरुले आफना नयाँ मोडलका सवारी साधनहरुको बिक्रीका लागि विभिन्न छुट र सुविधा सहितका प्याकेजहरु समेत दिने भएकोले यो प्रदर्शनी विगतका प्रदर्शनीहरु भन्दा थप भव्य, व्यवस्थित र बृहत रुपमा आयोजना हुने अपेक्षा राखिएको अध्यक्ष थापाले बताए ।

‘नाडा अटो एक्सपोे २०२०, २०२१ र २०२२ कोभिड महामारी लगायत अन्य विभिन्न कारणहरुबाट आयोजना हुन नसकेको अवस्थामा यस वहुप्रतिक्षित नाडा अटो शो २०२३ मा अटोमोबाइल कम्पनीहरुको अत्यधिक सहभागिता हुने विश्वास छ ।’ उनले भने, ‘ दर्शकहरुले यस प्रर्दशनीमा विद्युतिय सवारी साधनहरु लगायत चार वर्ष पछि हालसम्मका नयाँ मोडलहरुको अवलोकन गर्न पाउने छन् ।’

उनले विगतमा सुस्ताएको अटोमोबाइल व्यवसाय अब केही चलायमान हुने अपेक्षा गरेका छन् । ‘हाल विद्यमान बजार सुस्तताका बाबजुद पनि प्रदर्शनीमा विभिन्न अटो कम्पनीहरुको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउने हामीले अपेक्षा गरेका छौं’ उनले भने । ‘व्यवसायीहरूले जोखिम मोलेल अटोमोबाइल प्रदर्शनी आयोजना गर्न लागेको हो’।

विगतका वर्षहरुमा कुल व्यापारको ४० प्रतिशत प्रदर्शनीबाट र बाँकी बिक्रि हुने गरेको थियो भने बाँकी ६० प्रतिशत अरू १० महिनामा गाडी बिक्री हुने गरेको थापाले बताए ।

नेपालको सवैभन्दा ठूलो र भव्य रुपमा सम्पन्न हुदै आएको नाडा अटो एक्सपोको १५ औं संस्करणको नाडा अटो एक्सपो २०२३, यही आउदो २०८० साल भाद्र २६ गते देखि ३१ गतेसम्म काठमाडौं प्रदर्शनीमार्गको भृकुटी मण्डप परिसरमा आयोजना हुँदैछ ।

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सीयल भेइकल, ९ वटा वित्तिय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, व्याट्री, पार्टपूर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहने छ । प्रदर्शनीमा करिब १२० वटा स्टल र ब्लक रहनेछन् ।

त्यसैगरी यस प्रदर्शनीको सम्पूर्ण व्यवस्थापन ग्लोबल एक्सपोजिशन एण्ड मेनजमेण्ट सर्विस प्रा.लिले गर्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स