महालक्ष्मी विकास बैंकको परिष्कृत अनलाइन सेवा पुनः सञ्चालनमा

काठमाडौं । ग्राहकको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै महालक्ष्मी विकास बैंकले सञ्चालित अनलाइन सेवाहरुलाई परिष्कृत गर्दै पुनः सञ्चालनमा ल्याएको छ।

बैंकले अनलाइन सेवालाई परिष्कृत गरेसँगै ग्राहकले अनलाइनमार्फत सहजै रुपमा खाता खोल्न, केवाईसी अपटेड गर्न, नयाँ डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ नयाँ लकर र मर्चेन्ट (क्यूआर) रिक्वेस्ट र डिस्प्युट क्लेमजस्ता सेवाहरु प्राप्त गर्न सक्नेछन्।

बैंकको आधिकारिक वेबसाइट www.mahalaxmibank.com र eservice.mahalaxmibank.com.np मार्फत ग्राहकले ती सेवा लिन सक्नेछन्। डिजिटल बैंकिङलाई प्रोत्साहन गर्दै विद्युत्तीय सेवाहरुलाई प्रभावकारी बनाउने उद्देश्यले बैंकले उक्त अनलाइन सेवालाई संशोधन गरेको हो।

‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरत रुपले सरल र सहजताका साथ वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैंकले आगामी दिनमा पनि डिजिटल बैंकिङका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने जनाएको छ। विगतदेखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्घ रहिआएको बैंकले आमग्राहकको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्ता जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स