काठमाडौं । आँखा स्वास्थ्य सेवाको क्षेत्रमा उत्कृष्ट सेवा एकै ठाउँबाट दिने उद्देश्यले चुच्चेपाटी स्थित दम्पा कम्प्लेक्समा तिलगंगा सिटी आइ सेन्टरको सेवा शुभारम्भ गरिएको छ । सार्वजनिक निजी साझेदारीको अवधारणामा तिलगंगा आँखा अस्पतालका दक्ष तथा ख्याती प्राप्त चिकित्सकको समुहबाट आँखाका सम्पूर्ण विशेषज्ञता सहित यो सेन्टर सञ्चालनमा आएको हो ।
सेन्टरको उद्घाटन कार्यक्रम ‘द गड अफ साईट’को रुपमा प्रख्यात तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइत साथै प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङबाट संयुक्त रुपमा गरियो । यस सेन्टरले आँखा सम्बन्धी विभिन्न जटिलताको निदान र उपचारको लागि विभिन्न सेवाहरू प्रदान गर्दछ । यहाँ आँखा सम्बन्धी उन्नत निदान उपकरणहरुका साथै दक्ष कर्मचारीहरुद्वारा आँखाको जाँच गरिन्छ । नियमित आँखा परीक्षणदेखि जटिल शल्यक्रियासम्मका सेवाहरू यसले प्रदान गर्दछ । मोतिबिन्दुको शल्यक्रिया, जलबिन्दुको उपचार, कोर्निया र रेटिनाको रोगहरुको उपचार, आँखाको सौन्दर्य सम्बन्धि र अल्छि आँखाको व्यवस्थापन साथै कन्ट्याक्ट लेन्स र भीजन थेरापीको सेवासुविधाहरु पनि यो संस्थाले प्रधान गर्ने छ ।
न्यानो र स्वागतयोग्य वातावरणमा बिरामी केन्द्रित उपचार सहित हरेक वर्गका सेवाग्राहीहरुले सरल र सहज तरिकाले उचित सेवा सेन्टरले प्रदान गर्ने छ । संस्थाको मूल दर्शन भनेकै बिरामीहरुलाई केन्द्रबिन्दुमा राखेर उपचार दिनु रहेको छ । प्रत्येक सेवाग्राहीलाई उचित आँखा स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ थप नयाँ नयाँ प्रविधि र पद्धतीको परिकल्पना गरेको । ुुत्तगबष्तिथ भथभ कभचखष्अभ बत थयगच मययचकतभउ ुु भन्ने मूल मन्त्रलाई अनुसरण गर्दै आफ्नो सेवालाई नेपालभर पुर्याउने अठोट लिएको यो तिलगंगा सिटी आइ सेन्टरले सम्पूर्ण बिरामीको पहुँचमा पुग्ने गरि कार्य गर्नेछ ।