काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड २ को लाभांश घोषणा भएको छ । भदौ ७ गते बसेको कोष ब्यबस्थापक सिटिजन्स क्यापिटलको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को लागि सिटिजन्स म्युचुअल फण्ड २ को लाभांश घोषणा गरेको हो ।
कम्पनीले सिटिजन्स म्युचुअल फण्ड २ का इकाईधनीहरुलाई कर सहित ८ प्रतिशतका दरले हुन आउने ४ करोड ४८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।
क्यापिटलले नगद लाभांस वितरण प्रयोजनार्थ भदौ १९ बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ भदौ १८ गतेसम्म कायम इकाईधनीले मात्र उक्त लाभांश पाउन सक्ने छन् ।