देशको ढुकुटी भर्न दिनरात रगत पसिना बगाउनेमाथि लाञ्छना लाग्दा राज्य मुखदर्शक बन्नु दुःखको कुरा हो : सतिश मोर

काठमाडौं । देशलाई समृद्ध बनाउन, रोजगारी सिर्जना गरेर आम नागरिकको जीवनस्तर सुधार्न, राज्यको ढुकुटी भर्न हामीले गरेको योगदानको कदर भएन । दिनरात नभनी रगत पसिना बगाएर देश समृद्ध बनाउन योगदान गर्नु अपराध गर्नु जतिकै भयो । राज्य मुखदर्शक भएर बस्यो। हामी माथि आच्छेपहरू लागिनै रह्यो,’ लक्की ग्रूपका अध्यक्ष तथा नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष सतिश मोरले भने ‘यसले हामीमा नेगेटीभीटी बढाएको छ, वितृष्णा पैदा गरेको छ ।’

हाम्रोअर्थसँगको भेटमा उनले भने ‘यसरी हाम्रो समुदायमाथि एकोहोरो प्रहार हुँदा पनि राज्यले कुनै एक्सन लिन सकेन, यसले साह्रै दुःखी बनाएको छ ।

‘कहि कतै कसैले वदमासी गरेको छ भने त्यसलाई कारवाही गर्नुपर्छ, नत्र भने राज्यको ढुकुटी भर्ने समुदायलाई यसरी यसरी लाञ्छना लगाउँदा राज्य मौन बस्नु दुःख लाग्दो भएको उनले बताएका छन् ।

म नेपाली नागरिक भएकोले राज्यलाई के भन्न चाहन्छु भने ‘यसरी सिंगो समुदायप्रति धावा बोल्नु भनेको नेगेटीभीटीको परकाष्ठा हो । यसले समाजमा अझ बढी विकृति ल्याउँछ । वितृष्णा पैदा हुन्छ ।’

हामीले देशका लागि मरेर योगदान दिएका छौं ? अहिलेको यो रवैया हेर्दा त मलाई लाग्छ उद्योग व्यवसाय चलाउनु, रोजगारी सिर्जना गरेर रोजगारी दिनु, कर तिर्नु अपराध हो ।’

एक दुई जना व्यवसायीका कारण सिंगो समुदाय नै असुरक्षित हुने गरि लाञ्छना लगाउनु राम्रो नभएको टिप्पणी उनले गरे । एक दुई जना व्यक्तिहरूका कारण सिंगो समुदायलाई नै यसरी गाली गर्नु गलत हो,’ उनले भने ‘यसले हाम्रो योगदानको अपमान भएको छ, हामी अपमानित भएको फिल गरेका छौं ।

राज्यले देशलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने हामी उद्यमी व्यवसायीलाई सम्मानित जीवन दिनुपर्नेमा उल्टै गाली गर्दै हिड्नेमाथि एक्सन नलिनु र मुख दर्शक भएर बस्नु बिडम्बना भएको उनको भनाइ छ ।

‘अर्थतन्त्र निर्माणमा ठूलो योगदान दिएका समुदाय विरुद्ध अराजकता मच्याउनेहरूलाई राज्यले यसरी छुट दिन नहुने उनले बताए । ‘यो त कानुन नै नभएको जस्तो भयो, हामी त अभिभावक नभएका जस्ता भयौ ।’

आर्थिक चपेटामा परेको उद्योगधन्दालाई माथि उठाउन साथ र सहयोग दिनुपर्नेमा उल्टै हामीमाथि यसरी प्रहार गर्नु चिन्ताको विषय भएको उनले सुझाए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स