सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा डिजिटल बीमाको शुभारम्भ, अब एकै दिनमा दावी भुक्तानी पाइने

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विद्युतिय माध्यमबाट बीमालेख जारी गर्न तथा दाबी फर्छयौट गर्न एसपीआइएल डिआइजीआइ प्रणाली प्रचलनमा ल्याएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठद्वारा संयुक्त रूपमा एक समारोहकाबीच एसपीआईएल–डिआइजीआई प्रणालीको शुभारम्भ गरेका हुन्।

सरल र सहज बीमा सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ नेपाली बीमा जगतमा पहिलो पटक प्रचलनमा ल्याएको एसपीआईएल–डिआइजीआईको प्रयोगले बीमितहरुले सहज रुपमा अनलाइनबाटै बीमालेख खरिद गर्न सक्नेछन् भने निश्चित रकम सम्मको बीमा दाबी फर्छयौट गरी भुक्तानी समेत प्राप्त गर्न सक्नेछन् ।

अब एकै दिनमा दावी भुक्तानी पाइने पाइने छ । बिहान ११ बजे दावी गरे त्यहि दिन बेलुकासम्म ५० हजार रुपैयाँसम्मको मोटरसाइकल तथा कारको दावी भुक्तानी पाउने व्यवस्था इन्स्योरेन्स कम्पनीले गरेको हो ।

शुभारम्भ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले कम्पनीको प्रयासलाई सराहना गर्दै यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न शुभकामना दिएका छन्। कम्पनीका अध्यक्ष श्रेष्ठले कम्पनीले विद्युतिय माध्यमवाट प्रभावकारी बीमा सेवा प्रदान गर्न क्रियासिल रहेको बताए ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदवार क्षेत्रीले क्रमिक रुपमा बीमा सेवालाई प्रविधियुक्त बनाउने हाम्रो लक्ष्य अनुरुप यो पहिली प्रयास भएको र यसलाई अझ प्रभावकारी बनाउने तर्फ थप क्रियासिल रहने प्रतिवद्धता व्यक्त गरे।

उनले भने, ‘प्रबिधि मैत्री नभए पछि परिन्छ, हामीले डिजिटल भुक्तानी प्रणाली ल्यायौ । हामी बीमामा डिजिटलाईजेसन गर्ने पहिलो कम्पनी हौं । बीमामा डिजिटलाईजेसन अनिवार्य भैसकेको छ। यसले सेमि अटोमेशन सेवा दिन्छौं । अनलाइनबाट पोलिसी जारी हुन्छ र दावी भुक्तानी पनि अनलाइन बाट नै दिन्छौं ।’

एसपीआइएल डिआइजीआइ डिजिटल प्रणाली भएको हुँदा अनलाईन भुक्तानी मार्फत कम्पनीमा बीमा शुल्क भुक्तानी गरी भौतिक रुपमा उपस्थिति विना बीमालेख खरिद गर्न सकिनेछ । बीमितले निश्चित रकम सम्मको बीमा दावी फर्छयौट गरी भुक्तानी लिन र बीमा दावीको अवस्थाको बारेमा जानकारी समेत लिन सक्नेछन् यसबाट समय र लागत घट्न जाने र झन्झट रहित तरिकाबाट बीमा सेवा लिन एवम् प्रदान सहयोग पुग्ने विश्वास कम्पनीले गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स