काठमाडौं । बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा बढेको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालयले आज भदौ ७ गते लागु हुने गरि सार्वजनिक यातायातको भाडा बढाएको हो।
जसअनुसार, अब काठमाडौं उपत्यकाभित्र गुड्न सार्वजनिक यातायातमा ५ किलोमिटरसम्म १ रुपैयाँ बढाएर १९ पुर्याइएको छ। यसअघि ५ किलोमिटरसम्म १८ रुपैयाँ भाडा तिर्नुपथ्र्यो।
यस्तै १० किलोमिटरसम्म २६ रुपैयाँ, १५ किलोमिटरसम्म ३१ रुपैयाँ, २० किलोमिटरसम्म ३५ रुपैयाँ र २० किलोमिटरभन्दा माथिको दूरीमा ४० रुपैयाँ भाडा कायम गरिएको छ।
यस्तो छ सूची :
[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/08/bagmati-vhada.pdf” cache=”off”]