एलआईसी नेपालको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ६४ रूपैयाँसम्म बोनस पाउने

काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले बीमितहरुका लागि आर्थिक वर्ष २०७८/७९ को लागि नयाँ बोनसदर घोषणा गरेको हो ।

कम्पनीले आव २०७८/७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले न्यूनतम प्रतिवर्ष प्रति हजार ४१ रुपैयाँदेखि अधिकतम ६४ रूपैयाँसम्म बोनस पाउनेछन् ।

१. सावाधिक, जीवन बीधा, जीवन साथी, जीवन श्री योजना
कम्पनीले यस योजनामा प्रतिहजार न्युनतम ५१ रुपैयाँदेखि अधिकतम ६१ रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । जसमध्ये ५ देखि ९ वर्ष अवधिको ५१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ५२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वर्षदेखि माथिको ६१ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

२.जीवन आन्नद बीमा योजनामा
कम्पनीले यस योजनामा प्रतिहजार ५० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । कम्पनीले ५ देखि ९ वर्ष अवधिको ५० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ५२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५७ रुपैयाँ र २५ वर्षदेखि माथिको प्रतिहजार ६० रुपैयाँ बोनस तोकेको छ ।

३. बाल सावाधिक बीमा योजनामा
कम्पनीले यस योजनामा प्रतिहजार न्यूनतम ५१ रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँसम्म बोनसदर तोकेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको ५१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिको ६३ रुपैयाँ र ३० वर्षदेखि माथिको प्रतिहजार ६४ रुपैयाँ बोनसदर प्रदान गर्ने बताएको छ ।

४.धन वृष्टि योजना
कम्पनीले यस योजनामा १० र १५ वर्ष अवधिको प्रतिहजार ५५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

५.धन फिर्ता बीमा योजनामा
कम्पनीले यस योजनामा १५ वर्ष अवधिको प्रतिहजार ५६ रुपैयाँ, २० वर्ष अवधिको प्रतिहजार ५७ रुपैयाँ र २५ वर्ष अवधिको प्रतिहजार ६० रुपैयाँ बोनसदर घोषणा गरेको छ ।

६.बाल ममता र बाल स्नेह योजना
कम्पनीले यस योजनामा १५ वर्षसम्म अवधिको प्रतिहजार ५५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको प्रतिहजार ५७ रुपैयाँ र २१ वर्षदेखि माथि अवधिको प्रतिहजार ६० रुपैयाँ बोनसदर प्रदान गर्नेछ ।

७.जीवन तरंग र नयाँ जीवन तरंग बीमा योजनामा
कम्पनीले यस योजनामा १० वर्ष अवधिको प्रतिहजार ५० रुपैयाँ, १५ वर्ष अवधिको ५१ रुपैयाँ, २० वर्ष अवधिको प्रतिहजार ५५ रुपैयाँ बोनदर दिने घोषणा गरेको छ ।

८. लघु सावाधिक योजना
कम्पनीले यस योजनामा १५ वर्ष अवधिका लागि ४१ रुपैयाँ बोनस दिने घोषणा गरेको छ ।

९.जीवन बचत योजना
कम्पनीले यस योजनामा ५ देखि ९ वर्ष अवधिको प्रतिहजार ४१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको प्रतिहजार ४९ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको प्रतिहजार ५२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको प्रतिहजार ५६ रुपैयाँ र २५ वर्ष माथिको प्रतिहजार ६१ रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स