दशैंमा ८ सयले महँगियो सुन

काठमाडौं । यो साता सुन र चाँदीको मूल्यमा उतार चढाव देखिएको छ । यो साता सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ भने चँदीको मूल्य १० रुपैयाँले बढेको छ ।

आइतबार सुन ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार ८०० रुपैयाँले बढेकार ९० हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । सोमबार सुन आइतबारकै मूल्यमा कारोबार भएको थियो ।

मंगलबार सोमबारको तुलनामा ५ सय रुपैयाँले सुनको मूल्य बढेर ९० हजार ३ सय रुपैयाँ पुगेको थियो । बुधबार मंगलबारको तुलनामा ४ सय रुपैयाँले घटेर ८९ हजार ९०० रुपैयाँ प्रति तोला सुन करोबार भएको थियो । बुधबारको तुलनामा बिहीबार सुन ५ सय रुपैयाँले बढेर ९० हजार ४०० रुपैयाँ पुगेको थियो ।

आइतबार चाँदी ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबारसम्म १० रुपैयाँले बढेर ११ सय ७० रुपैयाँ पुगेको छ । यो साता बुधबारसम्म चाँदीको ११ सय ६० रुपैयाँ प्रति तोलामा कारोबार भयो । बिहीबार भने चाँदीको मूल्य १० रुपैयाँले बढेर ११ सय ७० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स