माटोको सातौं स्टोर बुढानिलकण्ठमा, आशापुरी ब्राण्डको उत्पादन पनि पाइने

काठमाडौं । नेपालमा विषादीरहित कृषि उपज उत्पादन तथा बजारीकरणमा छुट्टै पहिचान बनाएको माटो ब्राण्डको सातौँ स्टोर बुढानिलकण्ठमा खुलेको छ । आज (भदौ ६ गते) देखि शुरु भएको नयाँ स्टोरसँगै माटोका स्टोरको संख्या ७ पुगेको छ ।

माटोको सातौँ स्टोर काठमाडौं बुढानिलकण्ठस्थित देउवा चोकमा शुरु गर्दै हाम्रो आत्मनिर्भरताको अभियान र नेपाली उत्पादनलाई नेपाली ग्राहकहरूको घरदैँलोमा पुर्याउने नयाँ अध्यायले थप गति लिएको छ । माटोले सबै स्थ्यनिय ग्राहकवर्गलाई उद्घाटन कार्यक्रममा सामेल हुन र ताजा जनस्वास्थ्यको दृष्टिकोणले गुणस्तरीय उत्पादनहरुको स्वाद लिन सबैमा आव्हान गर्दछ ।

माटोको मूल्यमान्यता र लक्ष्यहरु आत्मसात गर्ने समुदाय र ग्राहकलाई संग्लनताको सूत्रको रूपमा उद्घाटनका दिनमा उत्कृष्ट छुट र विशेष उपहारको व्यवस्था गरिएको छ । जहाँ स्थानीय किसानहरू सफल हुन्छन्, राष्ट्र बलियो हुन्छ भन्ने मान्यता अनुरुप माटोले उपभोक्ताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर मात्र नेपाली र रसायनिक मल तथा विषादी प्रयोग नगरिएका उत्पादनलाई मात्र उत्पादन तथा विक्री वितरण गरिरहेको छ ।

यसअघि काठमाडौंको बानेश्वर, नक्साल, नारायणथान, गोल्फूटार तथा ललितपुरको झम्सिखेल र सानेमामा माटोका स्टोरहरू संचालन भइरहेका छन्। माटोले अनलाइन अर्डर अनुसार होम डेलिभरी गरेर पनि घरघरमा नेपाली विषादीरहित उत्पादन आपूर्ति गरिरहेको छ ।

माटो एक स्वदेशी ब्रान्ड हो जुन नेपालीपन र आत्मनिर्भरताको भावनासँग जोडिएको छ । माटोले आत्मनिर्भरता र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । आत्मनिर्भरतातर्फ अग्रसर गराउने लक्ष्यले स्थापना गरिएको माटो नेपाली किसानका लागि सशक्तिकरणको माध्यम बन्नुका साथै प्रिमियम, जैबीक रूपमा उत्पादनको स्रोतको रूपमा विकास भएको छ ।

माटोका अध्यक्ष पवन कुमार गोल्यानले भने ‘किसानले आफ्नो उत्पादनको उचित मूल्य पाइरहेका छैनन्भन्ने थाहा पाएपछि यो यात्रामा मा लागे। किसानका भोगाई र संघर्षको जीवन्त अवलोकन पछि किसान र उपभोक्ताबीच प्रत्यक्ष कारोबार स्थापना गर्न माटोको स्थापना गरिएको हो। माटोको स्थापना २०७५ सालमा किसानको उत्थान र राष्ट्रलाई उत्प्रेरित गर्ने ठोस लक्ष्यको साथ गरिएको हो।’

मानवजीवनलाई स्वास्थ्य र तन्दुरुस्त बनाउने क्षमताको अमिवृदी माटोको मान्यताको केन्द्रबिन्दु हो। माटोको आरम्भिक प्रस्तावहरू गोल्यान एग्रो फार्मबाट अर्गानिक रूपमा उत्पादित फलफूल र तरकारीमा आधारित, विषादिरहित उत्पादनहरूको प्रवर्द्धन गर्ने ब्रान्डको रुपमा परिचित भएको थियो।

माटोले वातावरणमैत्री खेती विधि प्रवर्द्धकको रूपमा जैविक खेतीलाई प्रोत्साहित गरेर, विषादियुक्त रसायन वा मल प्रयोग गरेर उत्पादन गर्ने बिधिलाइ निरुत्साहित गर्दछ भन्ने माटोको विश्वास छ । माटोले देश भरका स्थानीय फार्महरू बाट स्रोत गरिएका प्रत्येक उत्पादनले र प्रामाणिक स्वाद झल्काउछ। लाङ्ग्टाङ्गको मुसुरो दाल, गोसाइकुण्डको स्प्रिंग वाटर, चितवनको मह, ईलामको शुद्ध गाईको घ्यू र अन्य धेरै यस्ता स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन माटोले प्रोत्साहन गरिरहेकोछ । माटो ब्रान्डको अर्को उद्देश्य आयातित कृषिजन्य उपजहरुको मात्रा घटाउनु पनि रहेको छ ।

माटोका स्टोरहरुमा आशापुरी अग्र्यानिकका उत्पादनहरु पनि खरिद गर्न सकिनेछ । आशापुरी विगत दुई दशकदेखि प्रागारिक उत्पादनमा छुट्टै पहिचान बनाएको ब्राण्ड हो । हाल माटो र आशापुरी दुबै कम्पनी जनता एग्रो एण्ड फरेष्ट्री प्रा.लि. मातहतमा रहेका छन् । माटो स्टोरबाट हाल १२० भन्दा बढी नेपाली कृषि उत्पादन उपलब्ध छन्।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स