भिजन लुम्बिनी ऊर्जाले आईपीओ निष्काशन गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले कम्पनीलाई भदौ ५ गते आईपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

अनुमति पाएसँगै अब कम्पनीले जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने ३८ करोड २५ लाख रुपैयाँबराबरको ३८ लाख २५ हजार कित्ता सेयर निष्काशन गर्नेछ।

कम्पनीले कुल कित्तामध्ये जारी पुँजीको १० प्रतिशतले हुन आउने १९ लाख १२ हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र कास्कीको माछापुच्छ्रे गाउँपालिकाको वडा नं १,२,३,४ र पोखरा महानगरपालिकाको वडा नं १९ का स्थानिय बासिन्दाका लागि जारी गर्नेछ। बाँकी १० प्रतिशतमध्येको १० प्रतिशतले हुन आउने १ लाख ९१ हजार २ सय ५० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीका लागि, ५ प्रतिशत अर्थात ९५ हजार ६२५ कित्ता साधारण सेयर सामुहिक लगानी कोष, २ प्रतिशत अर्थात् ३८ हजार २५० कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि र बाँकी १५ लाख ८७ हजार ३७५ कित्ता साधारण सेयर सर्वसाधारणहरुका लागि निष्काशन गर्नेछ।

२०७५ मा कम्पनी कार्यालयमा दर्ता भई कम्पनीले ऊर्जा क्षेत्रमा कास्कीको माछापुच्छ्रे गाउँपालिकाको वडा नं. १, २, ३ र ४ तथा पोखरा महानगरपालिकाको वडा नं. १९ मा २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ। करिब ९२ प्रतिशत काम सकिइसकेकोले अबको केही महिनाभित्रमै बत्ती बाल्ने तयारीमा रहेको कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए।

२५ मेगावाटको सेतीखोला जलविद्युत आयोजनाको प्रवर्द्धन गर्दै आएको कम्पनीमा एचआईडीसीएल, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, प्रभु लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्सुरेन्सलगायत करिब १ हजार ५०० जना संस्थापक सेयर सदस्यहरुको लगानी रहेको छ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स