बचत खाताबाट भविष्यका लागि पुँजी निर्माण गर्न सकिने, सिटिजन्स बैंकमा पैसा राख्दा हुन्छन् यस्ता फाइदै फाइदा

काठमाडौं । अहिले गरेको कमाइबाट थोरै थोरै बचत गरेर भविष्यका लागि पुँजी निर्माण गर्न सकिन्छ । यसरी बचत गरिएको पुँजीले बचतकर्तालाई भविष्यमा लगानी गर्नको लागि ठूलो सहयोग पुग्छ ।

बैंक तथा वित्तीय संस्थाहरूले बचत गर्नको लागि विभिन्न आकर्षक स्कीमसहित बचतका अप्सनहरू ल्याएका हुन्छन् । यस्ता बचत खातामा आफूलाई सजिलो र सहज हुने बचत खाता खोली आफूसँग भएको थोरै थोरै रकम बचत गर्न सकिन्छ । यसरी थोरै थोरै गरि बचत गरेको पैसा भोलिका लागि ठूलो काम गर्ने लगानी बन्न सक्नुका साथै आफ्नो ठूलो गर्जो टान्न सकिन्छ ।

हुन त हामी आफै घरमा पनि आफूसँग भएको रकम राख्न वा बचत गर्न सक्छौं । यसरी घरमै पैसा राख्दा त्यो पैसाको ब्याज पाइँदैन र घरमै पैसा राख्दा मासिने, चोरी हुने तथा आगजानी हुने डर हुन्छ । घरमा पैसा छ र कोहि अप्ठ्यारो पर्यो भन्दै माग्न आयो भने हामी दिन्न भन्न पनि सक्दैनौं र त्यसरी दिएको पैसा समयमा फिर्ता आएन भने पैसा फस्ने डर बढी हुन्छ । आफूले दुःख गरेर कमाएको पैसाले तपाईलाई मात्रै नभइ कहिले काहिँ परिवारमा समेत तनाव सिर्जना गर्छ । यो तनावबाट मुक्त हुन पनि घरमा भन्दा बैंक पैसा राख्दा बचत र सुरक्षा दुबै हुन्छ ।

के हो बचत खाता ?
आफ्नो आयबाट खर्च घटाएर बचेको रकमलाई बचत भनिन्छ । एक निश्चित समयावधिमा गरिने कुल आम्दानीमा खर्च गरेर बाँकी रहेको रकम नै बचत हो । आफूसँग भएको रकम बैंकमा लगेर जम्मा गर्ने खातालाई बचत खाता भन्ने गरिएको छ ।

सर्वसाधारण व्यक्ति वा संस्थाको रकम जम्मा गर्न बैंक तथा वित्तीय संस्थाले सम्बन्धित व्यक्ति वा संस्थाको नाममा खाता खोलिदिने र उनीहरूको नाममा रकम राख्न र झिक्न पाइने गरी दर्ता गरिदिने विवरण नै बैंक खाता हो । यो एक प्रकारको वैधानिक र पारदर्शी कारोवारको विवरण हो ।

बैंकले सर्वसाधारणसँग निक्षेप (पैसा) लिँदा सम्बन्धित व्यक्तिको नाममा खाता खोल्दछ र सो खातामा रकम जम्मा गर्न र झिक्नका लागि सुविधा प्रदान गर्दछ । बैंक खाता खोलेपछि बचतकर्ता वा ग्राहकले रुपैयाँ जम्मा गर्ने भौचर, पास बुक र चेक बुक पाउँछन् । खातामा पैसा जम्मा गर्दा भौचर भरेर गरिन्छ ।

पास बुकमा ग्राहकले कारोवार गरेको विवरण बैंकले भरिदिन्छ भने पछिल्ला दिनहरूमा कम्प्युटरबाट कारोबार गर्ने यस्ता बैंक वित्तीय संस्थाहरूले पासबुकको सट्टा आवश्यकता अनुसार बैंक स्टेटमेण्ट उपलव्ध गराउँदै आएका छन् । यसबाट आफ्नो कारोबार, खातामा रहेको पैसा, सो वापत आर्जित ब्याजको बारेमा जानकारी लिन सकिन्छ । चेक बुकबाट चेक काटेर ग्राहकले आफ्नो खातामा जम्मा भएको रकममध्यबाट आफूलाई आवश्यक पर्ने जति रकम झिक्न पनि सकिन्छ ।

बचत खाता प्रकार

बचत खाता ३ प्रकारका हुन्छन् । तर, पनि बैंकहरूले आफ्नो हिसाबले विविध नाम दिएर बचत खाता सञ्चालन गरेका छन् । चल्ती, बचत तथा मुद्दति खाता बैंकले सञ्चालनमा ल्याएका हुन्छन् ।

आफूसँग भएको बढी पुँजीलाई ५ वर्ष तथा १० वर्षका लागि मुद्दति खातामा राख्न सकिन्छ । यो खातामा अन्य खातामाभन्दा ब्याजदर पनि बढी हुन्छ । बैंकको नियमअनुसार ३ महिनामा १ पटक व्याज निकाल्न सकिन्छ । कुनै बखत पैसा चाहिएको अवस्थामा आफ्नो बचतको ९० प्रतिशतसम्म ऋण लिन सकिन्छ ।

त्यस बाहेक महिला बचत, बाल बचत, सेयर बचत, रेमिट्यान्स बचत, तलबी खाता तथा नयाँ जनेरेशन तथा साँस्कृतिक पर्व उत्सवलाई समेत ध्यानमा राखेर विविध नामका बचत खाता बैंकहरूले सञ्चालनमा ल्याएका छन् ।

पारस थापा, डिपोजिट मार्केटिङ प्रमुख, सिटिजन्स बैंक

बचत खाताका फाइदा
बचत खाताबाट धेरै फाइदा लिन सकिन्छ । आफूसँग भएको पुँजीलाई सुरक्षित राखी बैंकको नियमअनुसार निकाल्न सकिन्छ । बचत खाता सञ्चालनका लागि बैंक तथा वित्तीय संस्थाहरूले विभिन्न समयमा स्कीमहरू पनि ल्याएका हुन्छन् । विशेष गरी चाडपर्वलाई लक्षित गरी बचत खाता सञ्चालनमा ल्याउने अभ्यास बढी छ । जस्तै सिटिजन्स बैंक इन्टरनेशनले साउन महिनामा खाता खोल्ने महिलाहरूलाई गिफ्ट ह्याम्परको व्यवस्था गरेको थियो । यसरी नै बैंकहरूले खाताको नाम र सोही नाम अनुसारको काममा प्रयोग हुने गरी विभिन्न सुविधा तथा छुटको व्यवस्था गरेको पाइन्छ ।

सिटिजन्स बैंकले २९ वटा बचत खाता सञ्चालनमा ल्याएको छ । यीमध्य करिब १५ वटा बचत खाता भने अत्यन्त प्रभावकारी रहेको बैंकले जानकारी दिएको छ । सिटिजन्स बैंकले सञ्चालनमा ल्याएको बचत खाता वित्तीय बजार र आम ग्राहकका लागि अत्यन्त प्रभावकारी हुँदा लगानी योग्य पुँजीको चरम अभाव हुँदा समेत बैंकमा कहिले अप्ठ्यारो परेन ।

यद्यपि बैंकहरूबीच अस्वस्थ प्रतिस्पर्धाबाट आफ्नो निक्षेपलाई बचाउन सिटिजन्स बैंकले पनि अन्य बैंकले जस्तै रणनीति अपनाउनु परेको सिटिजन्स बैंकका डिपोजिट मार्केटिङ प्रमुख पारस थापाले बताए । ‘हामी एउटा सिष्टम र संस्कारमा बसेर आम नागरिकलाई सेवा दिइरहेका छौं,’ उनले भने ‘समय सापेक्ष र बजारको माग अनुसार हामीले हाम्रो प्रडक्ट ल्याएका छौं । अब पनि प्रदेशको आवश्यकता अनुसार सहयोग गर्ने लक्ष्य सहित हामी नयाँ प्रडक्ट ल्याउँदै छौं । उक्त प्रदेशमा खोलिएको खाताको आधारमा सामाजिक उत्तरदायित्व अन्तर्गत गरिने खर्च गर्ने हाम्रो योजना छ ।’

सिटिजन्स बैंकको २९ वटा बचत खाता सञ्चालनमा आएपनि समय क्रमअनुसार केहि खाता मर्जरमा लैजाने तयारी बैंकले भइरहेको छ भने केहि नयाँ खाता सञ्चालनमा ल्याउने योजना अघि बढेको छ । अहिले सक्रिय भएका तथा निस्कृय खातामा रहेका विशेषताहरूलाई मर्ज गरेर अझ बढी प्रभावकारी र आम ग्राहकले रुचाउने हिसाबले नयाँ प्रडक्ट बनाउने काम भइरहेको पनि प्रमुख थापाले जानकारी दिए ।

यस्ता छन् सिटिजन्स बैंकको बचत खाता

सिटिजन्स संरक्षित बचता खाता
सिटिजन्स संरक्षित बचत खाता न्यूनतम एक हजार रुपैयाँ ब्यालेन्समा खोल्न सकिने खाता हो । यो खातामा पैसा बचत गर्दा वार्षिक ६.९६६ प्रतिशत ब्याज पाइन्छ । सिटिजन्स बैंकमा यो खाता खोलेपछि १ वर्षसम्म निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सेवासहित निःशुल्क एटीएम कार्ड पाउने व्यवस्था गरेको छ । खाता खोलेको पहिलो वर्ष लकरमा ५० प्रतिशत सुविधा पाउनुका साथै ब्यालेन्स सर्टिफिकेटमा, गुड फर पेमेन्ट, एसुरेन्स अफ क्रेडिट कार्डमा समेत सो छुटको व्यवस्था गरेको छ । हरेक महिना अन्य बैंकको एटीएमबाट दुई पटक पैसा झिक्दा समेत कुनै शुल्क नलाग्ने व्यवस्था बैंकले गरेको छ । यो खाताअन्र्गत बैंकले डिम्याट खाता पनि निःशुल्क खोलिदिने छ ।

यसका साथै बैंकले ५० हजार रुपैयाँसम्म मेडिकल इन्स्योरेन्स र ३ लाखसम्म दुघर्टना बीमाको सुविधा दिएको छ । मेडिकल इन्स्योरेन्सका लागि २४ घण्टा हस्पिटल भर्ना भएको हुनुपर्नेछ भने ओपीडी सेवामा २० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

महिला बचत खाता
बैंकले यो खाता विशेष गरी महिलाहरूका लागि सञ्चालनमा ल्याएको छ । न्यूनतम ५ सय रुपैयाँ ब्यालेन्स राखेर खोल्न सकिने यो खातामा ७.९६६ प्रतिशत ब्याज पाइने बैंकले बताएको छ । सिटिजन्स बैंकले १६ वर्षमाथिका नेपाली महिलाहरूमात्रै यो खाता खोल्नको लागि योग्य हुनेछन् ।

यसमा नेपाल र भारतभर प्रयोग गर्न सकिने सिटिजन्स डेबिट कार्ड सुविधा उपलब्ध हुनुका साथै लकर सुविधामा २५ प्रतिशत छुट उपलब्ध छ । यो बचत सुविधा विशेषतः महिलाहरूको आर्थिक प्रगतिमा साथ दिने उद्देश्यले सुरु गरिएको हो । यो खातामा पनि संरक्षित बचत खाताका जस्तै अन्य सुविधा र छुटको व्यवस्था गरिएको डिपोजिट तथा मार्केटिक प्रमुख थापाले बताए ।

सिटिजन्स तलबी बचत खाता
यो खाता विशेष गरी मासिक रुपमा तलब पाउने जनशक्तिलाई लक्षित गरी ल्याइएको खाता हो । यो खातामा पनि बैंकले उच्च ब्याजदर निर्धारण गरेको छ । उक्त खातामा ७.९६६ प्रतित ब्याज पाइनुका साथै २५ हजारसम्मको मेडिकल इन्स्योरेन्स र ३ लाखसम्मको दुर्घटना बीमाको सुविधा पाइन्छ । शून्य ब्यालेन्स मै खोल्न सकिने यो खातामा रहेको पैसा अन्य बैंकको एटीएमबाट महिनामा २ पटकसम्म झिक्दा शुल्क लाग्दैन । यो खातामा पनि अन्य खातामा जस्तै निःशुल्क भिसा डेबिट कार्ड, मोबाइल तथा इन्टरनेट बैंकिङ डिम्याट खाता खोल्दा खोल्न सकिन्छ ।

सिटिजन्स प्रिभिलेज बचत खाता
वार्षिक ७.९६६ प्रतिशत ब्याज पाइने यो बचत खाता न्यूनतम १ लाख रुपैयाँ ब्यालेन्समा खोल्न सकिन्छ । यो खातामा पनि अन्य खातामा पाउनेजस्तै सबै सुविधा तत् हिसाबले सहजै पाउन सकिने बैंकले बताएको छ ।

सिटिजन्स स्मार्ट बचत खाता
नयाँ जनेरेशनलाई लक्षित गरि ल्याइएको यो खाताको मुख्य विशेषता भनेको चेक र स्टेटमेन्ट इस्यू नहुनु हो । डिजिटल बैंकिङ र ग्रीन बैकिङ कन्सेप्टअनुसार बैंकले यो प्रडक्ट सचालनमा ल्याएको हो । ५.९६६ प्रतिशत ब्याज पाइने यो खातामा पनि पहिलो वर्ष सबै सेवामा छुटका साथै दोस्रो वर्षदेखि बैंकले अन्य खातामा दिँदै आएको सुविधा दिनेछ ।

सिटिजन्स सेयर लगानी खाता
सिटिजन्स बैंकमा यो खाता खोलेपछि ‘डिम्याट र ब्रोकर सुविधा पाइने बैंकले जनाएको छ । । बैकमा बचत खाताका साथै डिम्याट र ब्रोरक सुविधासम्म पाइने हुनाले यो खातालाई सिटिजन्स सेयर लगानी खाताको रुपमा नामाकरण गरिएको हो । बैंकले यो खाता खोल्ने बचतकर्ताले पनि अन्य खातामा पाएको छुटको सुविधा पाउनुका साथै बैंककै क्यापिटल खातामा समेत लिंक गरिएको छ ।

रेमिट्यान्स आईपीओ एकाउन्ट
श्रम स्वीकृती लिएर वैदेशिक रोजगारीमा गएका जनशक्तिहरूलाई विशेष फोकस गरेर सञ्चालित यो खातामा उच्च ब्याजदर दिने व्यवस्था बैंकले गरेको छ । यो खाता अनलाइनबाट पनि खोल्न मिल्छ । सेयरमा लगानी गर्नको लागि कुनै चार्ज नलाग्ने गरी यो खाता सञ्चालनमा ल्याइएको हो । उक्त खाताबाट आईपीओ भर्नाको लागि पैसा राख्न र झिक्न मिल्नेछ ।

रिकरेन्ट डिपोजिट बचत खाता
रिकरेन्ट बचत खातामा राखेको पैसाबाट फिक्स डिपोजिटमा राखेको जतिकै सुविधा पाउन सकिन्छ । उक्त खाता ३ महिनादेखि १० वर्षसम्मको अवधि हुनेछ । हरेक महिना पैसा जम्मा गर्न वार्षिक १०.८९६ प्रतिशत ब्याज पाइन्छ । उक्त महिनै पिच्छे पाइनुका साथै ब्याज नलिएमा सो ब्यासमेत सावामा गणना हुने र त्यसको समेत ब्याज पाउन सकिन्छ । यो खातामा राखेको रकमबाट ९० प्रतिशतसम्म लोन लिन पाइन्छ ।

सिटिजन्स इन्टरप्राइजेज फण्ड
यो बचत खातामा खाता खोल्ने बचतकर्ताले कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष तथा सामाजिक सुरक्षा कोषमा जाने रकम सिधै बैंकमा जाने व्यवस्था मिलाइ दिएको छ । उक्त खातामा ९.६६ प्रतिशत ब्याजदर पाइन्छ । शून्य ब्यालेन्समै खोल्न सकिने यो खातामा पनि अन्य खातामा जस्तै छुट र बीमाको सुविधा रहेको छ ।

एनआरएन फिक्स डिपोजिट खाता
यो खाता खोल्नको लागि न्यूनतम ब्यालेन्स १ हजार अमेरिकी डलर आवश्यक पर्दछ । गैर आवसीय नेपालीहरूका लागि सञ्चालित यो खाता १ वर्षसम्म बैंक खातामा स्वीफ्ट भएर आएको पैसा राष्ट्र बैंकको नीति नियमभित्र रहेर विदेशबाट आएको पैसा र त्यसको ब्याजसमेत सहजै लैजान सकिनेछ । ७.७५ प्रतिशत ब्याज पाइने उक्त खाता खोल्नको लागि एनआरएनधारी कार्ड भने ग्राहकसँग हुनुपर्नेछ ।

नयाँ प्रादेशिक बचत खाताका विशेषता
बैंकले केहि समय पश्चात प्रादेशिक संरचनाअनुसारको बचत खाता सञ्चालन ल्याउने तयारी गरिरहेको छ । उक्त प्रादेशिक स्तरीय बचत खातामा उक्त प्रदेशको आवश्यकतालाई मध्यनजर गरी बैंकले सामाजिक उत्तरदायित्व वापत खर्च गर्ने रकम खाताको संख्या अनुसार योगदान गर्ने गरी उक्त खाता सञ्चालनमा ल्याउन लागेको हो । प्रादेशिक संरचना अनुसार बचत खाता सञ्चालन गरी उक्त प्रदेशको आवश्यतामा निश्चित रकम खर्च गर्ने गरी बैंकले उक्त बचत खाता सञ्चालनमा ल्याउन लागेको सिजिटन्स बैंकका प्रमुख पारस थापाले जानकारी दिए । यो खाता सञ्चालनमा आएपछि बैंकले सीआएस मार्फत खर्च गर्ने रकम त्यस्तो सामाजिक उत्थान तथा संम्वद्र्धनमा खर्च गर्नेछ ।

‘गण्डकी प्रदेशमा खोलिने यस्ता बचत खातामा हिमाल सफा गर्ने अभियानका लागि निश्चित रकम खर्च गर्ने योजना समावेश भएको हुन्छ । मधेश प्रदेश ‘बेटी बचाऊँ’ अभियानको लागि रकम खर्चन सकिने भयो,’ उनले भने ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स