दुई कम्पनीमा सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । सोमबार, नेप्से परिसूचक १२.९३ अंकले घटेर १९९८.२८ अंक विन्दुमा आइपुगेको छ ।

आज ४१ लाख ६३ हजारको कित्ता सेयर १ अर्ब ४० करोड ८९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७१ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, लक्ष्मी लघुवित्त र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।
समलिङ पावरको ५.१८%, सुपर मादीको ३.८२%, सयपत्री हाईड्रोपावरको २.९० प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, मन्छियम हाइड्रोपावरको ७.९९%, हिमालयन पावरको ५.७७%, कृषि बैंक डिभेन्चरको ५.५९%, भूगोल इनर्जीको ५.१६%, बलेफी हाइड्रोपावरको ५.०४ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स