वाणिज्य बैंकहरूले गत आर्थिक वर्षमा तिरे ३० अर्ब आयकर

काठमाडौं । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूले सरकारलाई २९ अर्ब ९९ करोड ७५ लाख रुपैयाँ आयकर तिरेका छन् । अघिल्लो आर्थिक वर्षको यो अवधिको वाणिज्य बैंकहरूले २८ अर्ब ९६ लाख ५५ लाख रुपैयाँ आयकर तिरेका थिए । गत आर्थिक वर्षमा बैकहरूले तिरेको आयकर अघिल्लो आर्थिक वर्षको तुलनामा १.५१ प्रतिशतले बढी हो ।

नबिल बैकले गत आवमा ३ अर्ब २५ करोड आयकर तिरेको छ । यो अघिल्लो आवको तुलानामा ६०.३४ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले २ अर्ब ३ करोड १५ लाख आयकर तिरेको थियो ।

स्ट्यान्डर्ड चाटर्ड बैंकले गत वर्ष १ अर्ब ५१ लाख आयकर तिरेको छ । यो अघिल्लो आवको तुलानामा ५४.८० प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले ९७ करोड ६० लाख आयकर तिरेको थियो ।

एभरेष्ट बैंकले गत वर्ष १ अर्ब ४५ करोड ४२ लाख आयकर तिरेको छ । यो गत आर्थिक वर्षको तुलानामा ३६.०५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ६ करोड ८८ लाख आयकर तिरेको थियो ।

नेपाल एसबीआई बैंकले गत वर्ष ९७ लाख ९० हजार आयकर तिरेको छ । यो अघिल्लो आवको तुलानामा ३२.१३ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले ७४ लाख ९ हजार आयकर तिरेको थियो ।

सानिमा बैंकले गत वर्ष १ अर्ब १२ करोड आयकर तिरेको छ । यो अघिल्लो आवको तुलानामा ३१.२० प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले ८५ करोड ५६ लाख आयकर तिरेको थियो ।

नेपाल बैंकले गत वर्ष १ अर्ब ७ करोड ३१ लाख आयकर तिरेको छ । यो अघिल्लो आवको तुलानामा १४.९५ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले ९३ करोड ३५ लाख आयकर तिरेको थियो ।

राष्ट्रिय वाणिज्य बैंकले गत वर्ष २ अर्ब १० करोड आयकर तिरेको छ । यो अघिल्लो आवको तुलानामा १४.८९ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले १ अर्ब ८३ करोड आयकर तिरेको थियो ।

एनएमबी बैंकले गत वर्ष १ अर्ब ४६ करोड आयकर तिरेको छ । यो अघिल्लो आवको तुलानामा १०.८२ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले १ अर्ब ३२ करोड आयकर तिरेको थियो ।

कुषि विकास बैंकले गत आर्थिक वर्षमा १ अर्ब ५४ करोड रूपैयाँ आयकर तिरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलानामा ९.३२ प्रतिशले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ४१ करोड आयकर तिरेको थियो ।
त्यस्तै, माछापुच्छ«े बैंकले गत वर्ष ८० करोड १८ लाख आयकर तिरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलानामा ८.३६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ७४ करोड ३६ हजार आयकर तिरेको थियो ।

आयकर कम तिर्ने बैंक
हिमालयन बैंकले गत वर्ष १ अर्ब १६ करोड आयकर तिरेको छ । यो अघिल्लो आवको तुलानामा ४७.०२ प्रतिशतले कम हो । अघिल्लो आवमा बैंकले २ अर्ब १९ करोड आयकर तिरेको थियो ।

कुमारी बैंकले गत वर्ष १ अर्ब ११ करोड आयकर तिरेको छ । यो अघिल्लो आवको तुलानामा ३६.५३ प्रतिशतले कम हो । अघिल्लो आवमा बैंकले १ अर्ब ७५ करोड आयकर तिरेको थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत वर्ष १ अर्ब ६६ करोड आयकर तिरेको छ । यो अघिल्लो आवको तुलानामा ३२.७९ प्रतिशतले कम हो । अघिल्लो आवमा बैंकले २ अर्ब ४७ करोड आयकर तिरेको थियो ।

लक्ष्मी सनराइज बैंकले गत वर्ष ९३ करोड ३३ लाख आयकर तिरेको छ । यो अघिल्लो आवको तुलानामा १८.२३ प्रतिशतले कम हो । अघिल्लो आवमा बैंकले १ अर्ब १४ करोड आयकर तिरेको थियो ।

प्राइम कर्मिसयल बैंकले गत वर्ष १ अर्ब ७ करोड आयकर तिरेको छ । यो अघिल्लो आवको तुलानामा ७.९५ प्रतिशतले कम हो । अघिल्लो आवमा बैंकले १ अर्ब १६ करोड आयकर तिरेको थियो ।

ग्लोबल आईएमई बैंकले गत वर्ष २ अर्ब ८५ करोड आयकर तिरेको छ । यो अघिल्लो आवको तुलानामा ६.८१ प्रतिशतले कम हो । अघिल्लो आवमा बैंकले ३ अर्ब ५ करोड आयकर तिरेको थियो ।

सिटिजन्स् बैंकले गत वर्ष ७९ करोड ९५ लाख आयकर तिरेको छ । यो अघिल्लो आवको तुलानामा ३.३२ प्रतिशतले कम हो । अघिल्लो आवमा बैंकले ८२ करोड ६९ लाख आयकर तिरेको थियो ।

प्रभु बैंकले गत वर्ष १ अर्ब २४ करोड आयकर तिरेको छ । यो अघिल्लो आवको तुलानामा ३.१२ प्रतिशतले कम हो । अघिल्लो आवमा बैंकले १ अर्ब २८ करोड आयकर तिरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स