कुन मूल्यमा भयो कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको सेयर कारोबार सूरु भएको छ ।
स्पेसल प्रि-ओपन सेसनमा कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएसँगै नियमित सत्रका लागि कारोबार खुलेको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १५९.६७ रुपैयाँ देखि ४७९.०१ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो । प्रि–सेसनमा कम्पनीको सेयर प्रतिकित्ता ४७९ रुपैयाँमा किनबेच भएको छ।

आइतबार कम्पनीको १२ लाख १८ हजार ६ सय ७५ कित्ता सेयर सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीलाई ‘केबीएसएच’ कारोबार संकेत प्रदान गरेको छ।

कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनदेखि कारोबारमा आउने गर्छ। सोहीबमोजिम कम्पनीको सेयर पनि आज सोमबारबाट कारोबारमा आएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स