भोलिबाट भगवती हाइड्रोपावरको आईपीओमा सर्वसाधारणले आवेदन दिन सकिने

काठमाडौं । भोलिबाट भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले भोलि भदौ ५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेको हो।

आईपीओमा सर्वसाधारणले ७ लाख १२ हजार २२० कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशतले हुन आउने ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये १० प्रतिशत ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ।

यसैगरी ५ प्रतिशतले हुन आउने ४२ हजार ९०५ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १७ हजार १६२ कित्ता सेयर छुट्याएर बाँकी ७ लाख १२ हजार २२० कित्तामा सर्वसाधारणका लागि आवेदन खुला गरिएको छ। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डको अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सकिनेछ। यो आईपीओको निष्काशन बन्द छिटोमा भदौ ८ गते र ढिलोमा भदौ १९ गते बैंकिङ समयपछि हुनेछ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स