मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ बाँडफाँट, २ लाख २७ हजारबढीले पाए १० कित्ता सेयर, यसरी हेर्नुस् नतिजा

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक बिओके क्यापिटलले कम्पनीको आईपीओ आज साँझ ५ः३० बजे बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओमा कुल १३ लाख १६ हजार ५२९ आवेदकबाट १ करोड ४३ लाख ६ हजार ७९० कित्ता सेयर माग भएको थियो। जसमा १३ लाख ११ हजार ५१७ आवेदकबाट परेको १ करोड ४२ लाख २४ हजार ७२० कित्ता सेयर सदर भएको क्यापिटलले जनाएको छ । त्यस्तै, ५ हजार १२ आवेदकबाट परेको ८२ हजार ७० कित्ता अयोग्य भएको छ।

मागभन्दा बढी आवेदन परेकाले आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी २ लाख २७ हजार ६६२ आवेदनले १० कित्ताका दरले सेयर पाएका छन् भने सोमध्ये १० लाख ८३ हजार ८५५ आवेदकको हात खाली भएको छ।

कम्पनीले साउन २८ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधारणका लागि २२ लाख ७६ हजार ६२० कित्ता सेयर निष्काशन गरेको थियो ।

कम्पनीले स्थानीयलाई सेयर निष्काशन गर्दा बिक्री नभएको ६ लाख १६ हजार ६ सय २० कित्ता समेत थपेर सर्वसाधारणलाई २२ लाख ७६ हजार ६ सय २० कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको सेयर बाँडफाँट गरिसकेको छ ।

कम्पनीले दोलखाको सिंगटी स्थित ५ मेगावाट विद्युत क्षमताको घट्टेखोला जलविद्युत आयोजना संचालन गरिरहेको छ । कम्पनीले आयोजना निर्माण सम्पन्न गरि २०७७ साल कार्तिक २३ गतेदेखि पूर्ण रुपमा विद्युत उत्पादन गरीरहेको छ। आयोजनाको प्रति मेगावाट लागत २७ करोड ८७ लाख रहेको छ ।

आईपीओको नतिजा प्रकाशन भएको केही समयपछि यी ३ वेबसाइटबाट हेर्न सकिने छ।
१. बिक्री प्रबन्धक बिओके क्यापिटलको वेबसाइट : https://bokcapital.com.np/,
२.सिडीएससीको मेरोशेयरको वेबसाइट : meroshare.cdsc.com.np/#/login,
३.सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट : iporesult.cdsc.com.np/

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स