सिद्धार्थ क्यापिटलका दुई वटा म्युचुअल फण्डको लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ क्यापिटल संचालन गरेका सामुहिक लगानी कोष योजनाको लाभांश घोषणा भएको छ। साउन ३२ गते बसेको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको बैठकले सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इक्विटी फन्डका इकाइधनीहरुका लागि आर्थिक वर्ष २०७९/८०को लाभांश वितरण गर्ने घोषणा गरेको हो।

जस अनुसार सिद्धार्थ इक्विटी फण्डले इकाईधनीहरुलाई ५ प्रतिशतले हुन आउने ७ करोड ५० लाख रुपैयाँ लाभांश वितरण गर्ने भएको छ। त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ इकाईधनीहरुलाई ६.५ प्रतिशतले हुन आउने ७ करोड ८० लाख रुपैयाँ लाभांश वितरण गर्ने भएको छ।

यी दुवै योजनाको लाभांश वितरणार्थ निकट भविष्यमै बुक क्लोजको मिति तय गरिने क्यापिटलले जनाएको छ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले भने लाभांश वितरण नगर्ने निर्णय गरेको क्यापिटलले जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स