प्रभु बैंकको एटीएम, मोबाईल तथा ईन्टरनेट बैंकिङ सेवाहरु दुई दिन बन्द हुने

काठमाडौं । प्रभु बैंक लिमिटेडको एटीएम, मोबाईल तथा ईन्टरनेट बैंकिङ सेवाहरु दुई दिन बन्द हुने भएको छ ।

बैंकले एक सूचना जारी गर्दै भदौ १ गते शुक्रबार साँझ ६ः०० बजेदेखि शनिबार राती १०ः०० बजेसम्म एटीएम, मोबाईल तथा ईन्टरनेट बैंकिङ सेवाहरु बन्द हुने जनाएको हो ।

बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ सिस्टम को भर्जन अपग्रेड गर्ने प्रयोजनका लागि एटीएम, मोबाईल तथा इन्टरनेट बैंकिङ सेवाहरु बन्द गर्नुपर्ने भएकाले अस्थायी समयको लागि उक्त सेवाहरु बन्द हुने जनाएको छ ।

साथै, बैंकले यसबाट ग्राहकहरुलाई पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स