गरिमा विकास बैंकद्वारा ११.९९ प्रतिशत निश्चित ब्याजदरमा गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको ‘आफ्नै घर–आफ्नै व्यवसाय’ को सपनालाई साकार पार्ने उद्देश्य सहित ११.९९ प्रतिशत ब्याजदरमा गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेको छ ।

कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिनभित्र स्वीकृत हुने गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमर्ई कर्जाको ब्याज ७ वर्षसम्म निश्चित ११.९९ प्रतिशत रहने छ ।

११.९९ प्रतिशतको निश्चित तथा आर्कषक ब्याजदरमा घर खरिद वा निर्माण गर्नको लागि गरिमा सरल घर कर्जा र व्यवसाय÷उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक कर्जा सुविधा लिन इच्छुक ग्राहक महानुभावहरुले आफुलाई पायक पर्ने यस विकास बैंकको शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने छन् ।

हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२१ शाखा कार्यलय, ५० एटीएम र डिजिटल बैकिङ मार्फत ग्राहक महानुभावहरुलाई अत्याधुनिक र गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स