नेप्से सामान्य अंकले बढ्दा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । साताको अन्तिम दिन पनि सेयर बजार सामान्य अंकले बढेको छ ।

बिहीबार, नेप्से परिसूचक ८.०१ अंकले बढेर २०३३.१३ अंक विन्दुमा आइपुगेको छ ।

आज ४० लाख ९ हजारको कित्ता सेयर १ अर्ब ५४ करोड १३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १३५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७८ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सिद्वार्थ इन्भेष्टमेन्ट ग्रोथ सिम-२ मा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ । लिबर्टी इनर्जीको ९.७४%, अपर स्यांगे हाइड्रोपावरको ६.१७%, सगरमाथा जलविधुतको ५.७७%, आशा लघुवित्तको ४.९८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, लक्ष्मी इक्वीटी फण्डको ७.४३%, मेन्छियाम हाइड्रोपावरको ४.४१%, राप्ती हाइड्रोको ४.२१%, सुपर माई हाइड्रोपावरको ३.९०%, बलेफी हाइड्रोपावरको ३.७१ प्रतिशतले सेयरमूल्य घटेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स