एनसेल आजियाटाको दशैं अफरः १ रुपैयाँमै पेजी डेटा, रिचार्जमा बोनस ब्यालेन्स वा डेटा पाउने

काठमाडौं । एनसेल आजियाटाले चाडपर्वलाई लक्षित गर्दे विभिन्न योजनाहरु ल्याएको छ । एनसेलले पेएजयूगो (पेजी) डेटा शुल्कलाई घटाई प्रति एमबी १ रुपैयाँ बनाएको छ र यसका साथै ग्राहकले अब ५० रुपैयाँ वा सो भन्दा बढिको हरेक रिचार्जमा बोनस स्वरुप ब्यालेन्स वा डेटा पाउन सक्नेछन् ।

यस योजनामा एनसेलका ग्राहकले अब सुलभ दरमा कुनै पनि प्याक खरिद नगरी आफ्नो मेन ब्यालेन्सबाटै डेटा प्रयोग गर्न सक्छन् । ग्राहकले ५० प्रतिशत छुटमा कर बाहेक १ रुपैयाँ प्रति एमबीमा डेटा सेवाको फाइदा लिन सक्छन् ।

दशैं, तिहार र छठको पावन अवसरमा ल्याइएको पेजी अन्तर्गत रु १ प्रति एमबी अफर बुधबार (असोज २०) देखि लागु भएको छ भने रिचार्जमा बोनस योजना शुक्रबार (असोज २३) देखि लागु हुनेछ । यो योजना ९० दिनको लागि मान्य रहनेछ ।

रिचार्जमा बोनस योजना अन्तर्गत, ग्राहकले रिचार्ज गरेको रकमको आधारमा बोनस ब्यालेन्स तथा डेटा प्राप्त गर्नेछन् । ५० रुपैयाँदेखि ९९ रुपैयाँसम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले ५ देखि १० प्रतिशतसम्म बोनस ब्यालेन्स वा ५० एमबी देखि २५० एमबीसम्म एक दिनको समयसिमा रहेको डेटा भोलुम प्राप्त गर्दछन् ।

त्यस्तैगरी १०० रुपैयाँदेखि १९९ रुपैयाँसम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले तीन दिनको समयसिमा रहेको ५ देखि १२ प्रतिशतसम्म बोनस ब्यालेन्स वा १५० एमबी देखि ५०० एमबीसम्मको डेटा भोलुम प्राप्त गर्दछन् । २०० वा सो भन्दा बढि रिचार्ज गर्ने ग्राहकले ५ दिनको समयावधि रहेको ५ देखि १५ प्रतिशतसम्म बोनस ब्यालेन्स वा ५०० एमबी देखि १५०० एमबीसम्म डेटा भोलुम पाउँनेछन् ।

डेटा प्याकमार्फत डेटा प्रयोग सबैभन्दा राम्रो विकल्प भएतापनि पेएजयूगो अर्थात पेजी शुल्कमा छुटले ग्राहकमाझ मेन ब्यालेन्सबाट पनि सुलभ दरमा डेटा सेवा सुनिश्चित गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स