लाभ सुनिश्चिता भएका उद्यममा गर्न स्रोतको अभाव हुँदैनः मनोज ज्ञवाली

काठमाडौं । नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) मनोज ज्ञवालीले लाभ सुनिश्चित भएका व्यवसायमा स्रोत अभाव नहुने बताएका छन् । राष्ट्रिय निर्माण नेपाल मञ्च र उद्यमशील युवा सृजनशील युवा अभियाले आयोजना गरेको इन्टरप्रेनरसिप इनोभेसन कन्क्लेभमा ज्ञवालीले नेपालमा उद्योग व्यवसायको लागि वित्तीय स्रोतको समस्या नहुने बताएका हुन् ।

कुनै पनि योजनासहित बैंकमा जाने उद्यमशील सोच भएका व्यक्तिले सहज ऋण पाएको उनले बताए । युवा उद्यमीहरूका लागि पछिल्लो समय विभिन्न स्किम पनि भएकाले यसबाट लाभ लिनसक्ने उनले जानकारी गराए । ‘अहिले तत्काल राजनीतिक प्रणाली र कर्मचारीतन्त्रमा सुधार नभएसम्म प्रभावकारी नीति नियम बन्ने सम्भावना देखिदैन,’ उनले भने ‘त्यसैले सरकारको मुख ताकेर नभइ सृजनशील भएर उद्यमी बन्न सकिन्छ ।

‘उद्यमशीलताका लागि सरकारको मुख ताक्ने होइन र सरकारले कहिले के गरिदेला र हामी उद्यमशील होउला भनेर हुँदैन आफैँ नवीन सोच राखेर अघि बढ्नुपर्छ,’ उनले भने।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स