काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
समिक्षा अवधिमा कम्पनीको नाफा ५०.६९ प्रतिशतले घटेर ३६ करोड ४५ लाख रुपैयाँमा सीमित भएको छ । यो बीमांकिय मूल्यांकन अघिको मुनाफा हो ।अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७३ करोड ९२ लाख नाफा आर्जन गरेको थियो ।
त्यस्तै, कम्पनीले १५ अर्ब ९७ करोड ११ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १४ अर्ब ११ करोड ५७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १३ प्रतिशतले बढेको हो ।
कम्पनीको जीवन बीमा कोषको आकार १८ प्रतिशतले वृद्धि भई ६० अर्ब २५ करोड १५ लाख ९१ हजार पुगेको छ भने अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको बीमा कोष ५० करोड ८० लाख थियो । कम्पनीको महाविपत्ती कोषमा ४८ करोड ८२ लाख संचिती छ ।
यस अवधिमा कम्पनीले ७ अर्ब ८१ करोड ५१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ६ अर्ब ४ करोड ३३ लाख दाबी तिरेको थियो । भुक्तानी हुन बाँकी दाबी ८२ करोड ३ लाख रुपैयाँ रहेको छ ।
चुक्ता पूँजी ५ अर्ब १ करोड १६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४० करोड ७९ लाख रुपैयाँ रहेको छ । यस्तै जीवन बीमा कोषमा ६० अर्ब २५ करोड १५ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४६ करोड ८२ लाख रुपैयाँ सञ्चित रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ७.२७ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ ११७.४८ रुपैयाँ रहेको छ ।