मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओमा तेस्रो दिनसम्म कति पर्यो आवेदन ?

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको आईपीओमा तेस्रो दिनसम्म ५.०३ गुणा बढी आवेदन परेको छ ।

मंगलबार साँझ ५ः०६ बजेसम्ममा १० लाख १७ हजार ४५२ आवेदकबाट १ अर्ब १४ करोड ६१ लाख २१ हजार रुपैयाँ बराबरको १ करोड १४ लाख ६१ हजार २१० कित्ता शेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ।

जुन सर्वसाधारणलाई निष्काशन गरेको २२ लाख ७६ हजार ६२० कित्ता सेयरको ५.०३ गुणा बढी हो ।

कम्पनीले साउन २८ गतेदेखि सर्वसाधारणका लागि २२ लाख ७६ हजार ६२० कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीले स्थानीयलाई सेयर निष्काशन गर्दा बिक्री नभएको ६ लाख १६ हजार ६ सय २० कित्ता समेत थपेर सर्वसाधारणलाई २२ लाख ७६ हजार ६ सय २० कित्ता सेयर निष्काशन गरेको हो । यस निष्काशनमा साउन ३१ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको सेयर बाँडफाँट गरिसकेको छ ।

कम्पनीले दोलखाको सिंगटी स्थित ५ मेगावाट विद्युत क्षमताको घट्टेखोला जलविद्युत आयोजना संचालन गरिरहेको छ । कम्पनीले आयोजना निर्माण सम्पन्न गरि २०७७ साल कार्तिक २३ गतेदेखि पूर्ण रुपमा विद्युत उत्पादन गरीरहेको छ। आयोजनाको प्रति मेगावाट लागत २७ करोड ८७ लाख रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स