काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा भारी गिरावट आएको छ ।
मंगलबार, नेप्से परिसूचक ३१.८० अंकले घटेर २०४५.४४ अंक विन्दुमा आइपुगेको छ ।
आज ५६ लाख ३ हजारको कित्ता सेयर २ अर्ब १५ करोड ७३ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २० वटा कम्पनीको सेयर मूल्य बढ्दा २०१ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, हिमालयन डेष्टिलरीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २० करोड ५५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्सको १८ करोड ५ लाख, सोल्टी होटलको ७ करोड ६२ लाख, आईएमई लाइफ इन्स्योरेन्सको ५ करोड ७७ लाख, एभरेष्ट बैंकको ५ करोड १८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।