प्रभु महालक्ष्मी लाइफको नाफा साढे १० करोड

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष (२०७९/८०) को अन्त्यसम्म १० करोड ५० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड २६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । एक्चुरी भ्यलुएशन पछि बीमा कम्पनीको वास्तविक नाफा आउने छ । कम्पनीको खुद नाफा ४४.६७ प्रतिशतले वृद्धि भएको हो । प्रभु लाइफ र महालक्ष्मी लाइफ केहि समय अघिमात्रै एक आपसमा मर्जरमा गएका हुन् ।

कम्पनीको जीवन बीमा कोष १३८.५८ प्रतिशतले बढेको छ । जीवन बीमा कोषमा ७ अर्ब २४ करोड रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्षको यहि अवधिमा जीवन बीमा कोषमा ३ अर्ब ३ करोड रुपैयाँ थियो । जगेडा कोष ७३.९५ प्रतिशतले बृद्धि भएर ७४ करोड ७३ लाख पुगेको छ ।

समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन १६ दशमलव ९१ प्रतिशतले घटेको छ । असार मसान्तसम्ममा खुद बीमा शुल्क आर्जन १ अर्ब ९० करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिसम्म खुद बीमा शुल्क आर्जन २ अर्ब २९ करोड थियो ।

कम्पनीले गत आर्थिक वर्ष ८३ करोड १० लाख रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४३ करोड ४१ लाखको दाबी भुक्तानी भएको थियो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ४ अर्ब २९ करोड पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ४५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ०७ पैसा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स