सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ३६ करोड ३५ लाख

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म ३६ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा ०.८५ प्रतिशतले मात्रै बढी हो । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा पनि कम्पनीले ३६ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको खुद बीमाशुल्क भने ५९.६८ प्रतिशतले बढेर १ अर्ब १४ करोड ६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधीमा कम्पनीले ७१ करोड ४३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले पुनर्बीमा कमिशन वापत ४५ करोड ३७ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट १९ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

दुई कम्पनी मर्जर पश्चात बनेको कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड ६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोषमा ८९ करोड ५६ लाख रुपैयाँ, बीमा कोषमा २ अर्ब ५० करोड रुपैयाँ र महाविपत्ती कोषमा १३ करोड ८० लाख रुपैयाँ संचित रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८४ पैसा, प्रति सेयर नेटवर्थ २२५ रुपैयाँ ९१ पैसा र मूल्य आम्दानी अनुपात ४१.३१ गुणा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स