सिटिजन्स बैंकका नक्कली प्रमाणपत्रधारी ६ कर्मचारी पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार बैंकका ६ कर्मचारीलाई पक्राउ गरेको हो । बैंकले नै दिएको सूचनाको आधारमा प्रहरीले ती कर्मचारीलाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेमा मणिग्राम ब्रान्चकी गोमा ज्ञवाली, कालिका नगर ब्रान्चकी कल्पना खत्री, बुटवलको ड्राइभर टोल ब्रान्चकी मनिषा मास्के र प्रतिक्षा रेग्मी र बुटवल ब्रान्चका खिमानन्द गौतम र दिपक विष्ट पक्राउ परेको काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

‘उनीहरूको शैक्षिक प्रमाणपत्र नक्कली हो भन्ने जानकारी बैंकले दिएपछि हामीले पक्राउ गरेका हौं,’ उनले भने ‘प्रहरीले कर्मचारीलाई पक्राउ गरेर प्रमाणपत्रबारे अनुसन्धान अगाडि बढाएको छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स