५० करोड आम्दानी गरेको सिटि होटलको नाफा ऋणात्मक

काठमाडौं । सिटि होटल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४७ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५०.१३ प्रतिशत बढी हो । कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा १६१.५७ प्रतिशत बढेर ५० करोड ९३ लाख रुपैयाँ पुगेको छ ।

होटलको सञ्चालन आम्दानी बढेपनि खुद नाफा ऋणात्मक रहेको छ र यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको पनि छ । आम्दानी बढेपनि कम्पनीको खुद नाफा भने ऋणात्मक रहेको छ ।

असार मसान्तसम्ममा कम्पनीको खुद नाफा २७ करोड ३६ लाख रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको यस्तो नाफा ४ करोड ४६ लाख रुपैयाँ ऋणात्मक रहेको थियो ।

आम्दानी बढेपनि कम्पनीको कुल खर्च र वित्तीय खर्च उल्लेख्य बढेका कारण खुद नाफा ऋणात्मक हुन पुगेको हो । समीक्षा अवधिमा कम्पनीको कुल खर्च १६४.४६ प्रतिशत बढेको छ भने वित्तीय खर्च ६४१.४६ प्रतिशत बढेको छ ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ३५ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स