राजस्व अनुसन्धान विभागले बरामद गरेकोे सुन ६० किलो ७८९ ग्राममात्रै

काठमाडौं । राजस्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक शुबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद सुन जोख्दा ६० किलो ७८९ ग्राम भएको हो ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले ब्रेक शुबाट निकालेर तौल गर्दा ६० किलो ७८९ ग्राम परिमाण निस्केको जानकारी दिएका हुन् । सोमबार टक्सार महाशाखामा नेपाल प्रहरीको सीआईबी, राजस्व अनुसन्धान विभाग र टक्सार महाशाखासहितका प्रतिनिधि बसेर ब्रेक शुमा मोरेर ल्याएको सुन पगालेर तौल यकिन गरिएको हो ।

साउन ३ गते हङकङबाट ब्रेक शुमा लुकाएर ल्याइएको सुन राजस्व अनुसन्धान विभागको टोलीले भन्सार पास भइसकेपछि सिनामंगलबाट पक्राउ गरेको थियो । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन करिब एक क्विन्टल भएको बताउँदै आएका थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स