वृज सिमेन्टको पशुपतिनाथमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । वृज सिमेन्ट इण्डष्ट्रिजले साउनको अन्तिम सोमबार सुन्दरीजल देखि पशुपतिनाथ सम्म विभिन्न ८ स्थानमा बोलबमका भतmजनहरुलाई निस्शुल्क खानेपानी, स्वास्थ्य शिविर, फलपूुल जुस लगायतका सेवा प्रदान गरेको छ ।
लायन्स एण्ड लियो क्लब अफ काठमाण्डौं चाबहिल , वृज सिमेन्टको संयुक्त आयोजनामा यो कार्यक्रम गरेको हो । विभिन्न स्थानबाट आउने र पशुपति दर्शन गर्ने भक्तजनहरुलाई ११५ जना बिभिन्न स्वयंमसेवकहरु द्वारा ८ स्थानमा सेवा प्रदान गरिएको छ ।

यसका साथसाथै पशुपतिनाथमा भक्तजनहरुलाई निःशुल्क स्वस्थ्य परिक्षण समेत गरिएको छ । स्वास्थ्य शिविर क्याम्पमा आँखा, दाँत र जनरल चेकअप गर्नुका साथसाथै रक्तचाप र मधुमेहको समेत परिक्षण गरिएको थियो । उक्त स्वास्थ्य शिविरका अनुसार करीब १५ सय धर्मावलम्बीहरुले यस स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराएका थिए ।

साउनको सोमबार देशभर महादेवको बिभिन्न मन्दिरहरुमा पूजा अर्चना गरिन्छ र सोमबार बिशेष रुपमा पशुपतिनाथ, डोलेश्वर महादेव, हलेशी लगायत देशभरका बिभिन्न स्थानमा पुजा अर्चना गरिन्छ । वृज सिमेन्टको यो कार्य आफनो कम्पनीको वार्षिक कार्यक्रम अन्र्तगत संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स