अपर लोहोरे हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । अपर लोहोरे हाइड्रोपावरले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । आवेदन दिएकामध्य १ लाख ९५ हजार ३ सय २७ जनाले मात्र सेयर पाएका छन् । यी मध्ये ९ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले सेयर पाएका छन् ।

उक्त कम्पनीको आईपीओमा कुल १३ लाख ६१ हजार १ सय ५४ जनाको आवेदन दिएका थिए । सो आवेदनमध्य १२ लाख ८३ हजार ५ सय ९६ जनाको आवेदन मात्र योग्य भएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १२ लाख ८३ हजार ५ सय ९६ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँट गरिएको छ ।

कम्पनीले साउन १८ गतेदेखि साउन २२ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १९ लाख ५३ हजार २ सय ७९ कित्ता सेयर निष्काशन गरेको हो । बिक्री प्रबन्धक एनआईएसी एशिया क्यापिटलले सोमबार साँझ बत्तीसपुतलीमा शेयर बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओ नतिजा केहि समयपछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक एनआईसी क्यापिटलको वेबसाइट जततउकः÷÷लष्अबकष्बअबउष्तब.िअयm÷, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, यिनष्ल, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/बाट हेर्न सकिने छ ।

मेरोसेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स