लाइफ इन्स्योरेन्स कर्पोरेशनको बीमा शुल्कमात्रै १७ अर्ब ३९ करोड

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले गत आर्थिक वर्षको अन्त्यसम्म १७ अर्ब ३९ करोड ३८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा ४.११ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १८ अर्ब १३ करोड ९८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
इन्स्योरेन्सले ६ लाख ९३ हजार ९७२ वटा बीमालेख जारी गरेर सो बीमाशुल्क आर्जन गरेको हो ।

खुद बीमाशुल्क घटेपनि बीमांकीय मूल्यांकन अघिको खुद नाफा भने बढेको छ । खर्च नियन्त्रण गरी अन्य आम्दानी बढाउँदा यस अवधिमा कम्पनी नाफामा गएको हो । यस अवधिमा कम्पनीले १२ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनी ८ करोड ७४ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो ।

इन्स्योरेन्स कम्पनीले सो अवधिमा लगानी, कर्जा तथा अन्यबाट ७ अर्ब ८३ करोड ८३ लाख रुपैयाँ आम्दानी गरेको छ । बीमालेख धितोमा २१ अर्ब ७१ करोड ८७ लाख रुपैयाँ कर्जा लगानी गरी २ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब २७ करोड ५१ लाख रुपैयाँ रहेको छ । जीवन बीमा कोषमा एक खर्ब ७ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४२ करोड ९६ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७० पैसा, प्रतिससेयर नेटवर्थ १६४ रुपैयाँ २५ पैसा र मूल्य आम्दानी अनुपात ३३०.९३ गुणा बढी रहेको छ । कम्पनीले २४ हजार ९३२ वटा दावी वापत ९ अर्ब ९८ करोड ५६ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३८ करोड २१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स