दुई कम्पनीमा सर्किट लाग्दा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । सोमबार, नेप्से परिसूचक ३.६१ अंकले घटेर २०७७.२४ अंक विन्दुमा आइपुगेको छ ।

आज ५४ लाख १७ हजारको कित्ता सेयर २ अर्ब ९ करोड १३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४५ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, थ्रिस्टार हाइड्रोपावरको ९.९८% र अप्पर स्यांगे हाइड्रोपावरको ९.९७ प्रतिशतले सर्किट लागेको छ । सिवाइसी नेपाल लघुवित्तको ७.४४%, इन्फिनिटी लघुवित्तको ५.९०%, इमर्जिङ नेपालको ५.११ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, सिद्वार्थ प्रिमियर इन्स्योरेन्सको ६.४६%, बुद्व भूमिको ४.८०%, हिमालयन उर्जाको ४.२९%, शुभम पावरको ३.७२% र सानिमा ग्रोथ फण्डको ३.६९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स