काठमाडौ । साविकको सूर्या ज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ७ अर्ब १४ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १६.१० प्रतिशतले मात्रै धेरै हो ।
अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ८ अर्ब ५१ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीले गत आर्थिक वर्षमा ११ लाख ३० हजार ५७५ वटा बीमालेख जारी गरी सो बीमाशुल्क आर्जन गरेको हो ।
कम्पनीले यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट १ अर्ब ७२ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको छ । बीमालेख धितोमा ३ अर्ब ६७ करोड ६३ लाख रुपैयाँ लगानी गरी ३३ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको छ ।
यस अवधिमा कम्पनीको खुद नाफा भने ३६.१२ प्रतिशतले घटेर २९ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ । यो बीमांकीय मूल्यांकन अघिको नाफा हो ।
कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ कायम भएको छ भने जगेडा कोषमा २ अर्ब ४८ करोड ५० लाख रुपैयाँ, जीवन बीमा कोषमा २६ अर्ब ९९ करोड १६ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३२ करोड ५७ लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ १३ पैसा, प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ८४ पैसा र मूल्य आम्दानी अनुपात ६०.२३ गुणा रहेको छ ।