आईएमई लाइफ इन्स्योरेन्ससहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा गिरावट आएको छ ।

सोमबार, नेप्से परिसूचक ३.६१ अंकले घटेर २०७७.२४ अंक विन्दुमा आइपुगेको छ ।

आज ५४ लाख १७ हजारको कित्ता सेयर २ अर्ब ९ करोड १३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४५ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, आईएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ११ करोड २४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, सोल्टी होटलको १० करोड ८७ लाख, घोराही सिमेन्टको ८ करोड ९८ लाख, माछापुच्छ्रे बैंकको ६ करोड ५५ लाख, सानिमा बैंकको ५ करोड ९४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स