काठमाडौं । सोमबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर १ लाख ११ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएकोमा आज पनि सोहि कायम भएको छ ।