काठमाडौं । हरेक हिन्दु महिलाले आराध्य देव महादेवको पूजा पाठ गरि ब्रत बस्ने महिना हो साउन । साउन महिना साधारण महिलाहरू मात्रै नभइ, देशमा आफ्नो छुट्टै छवि बनाएका हाई प्रोफाइल महिलाहरूको लागि पनि उत्तिकै महत्व छ ।
यहाँ प्रशंग जोड्न खोजिएको महिला हुन् ‘नेपाल उद्योग वाणिज्य महासंघमा अध्यक्ष बनेर इतिहास रच्न सफल भएकी भवानी राणा । उनी महासंघको इतिहासमा पहिलो महिला अध्यक्ष हुन् । उनमा भगवान प्रति छुट्टै आस्था र विश्वास । र त नि उनी साउन महिनामामात्र नभएर अन्य समयमा पनि भगवानलाई उत्तिकै पुज्छिन्, आफ्नो आस्थाको केन्द्र मान्छिन् ।
साउन महिनामा उनको रुटिन छुट्टै छ । यो महिनालाई शुभ मान्छिन्, उनी । यो महिना उनका लागि विशेष महिना हो । बिहान उठेर पूजा पाठ गर्दा भगवान शिवजीको अत्तिनै लोकप्रिय वेलपत्र, धतुरोको फल र फूल दैनिक चढाउँछिन् । त्यहि भएर उनले सानेपा हाइटमा रहेको ७ रोपनीको कम्पाउण्डभित्र आफूलाई दैनिक पूजाका लागि चाहिने विभिन्न जातका फलफूलेकोे बगैंचा सजाएकी छिन् ।
बगैंचामा वेलपत्र, तुलसी, पारिजात, जाई, पाती, चमेली तथा वरपिपलका साथै अम्बा, भोगटे, सुन्तला, हलुवावेदलगायतका फल रोपेकी छिन् । प्रकृति प्रेमी राणा आफूलाई पनि यो महिनामा प्रकृतिजस्तै सजाउन चाहन्छिन् । विशेष गरी साउन महिनामा हरियो चुरा र पोशाक उनको रोजाइमा पर्छ । हरेक वर्षको साउन महिनामा उनको घरमा रुद्री होम हुन्छ । तर, यो वर्ष भने मलमास (पुरुर्षोत्तम महिना) परेकोले असोज महिनामा होम गर्ने मिति तय भएको छ ।
बिहान उठेरदेखि नै महामृत्युजन्य र देवी देवताको भजन उनको कोठामा गुन्जिनै रहन्छ । उनले दैनिक पाठ र पूजाको लागि पौने घण्टा समय छ्ट्याएकी छिन् । घरमा बस्दामात्रै होइन बाहिर जाँदाको समयलाई समेत आफ्नो दैनिक टुट्न नदिन उनले पूजाको सेट बनाएकी छिन् । त्यहि पूजाको सेट बोकेर उनी स्वदेश वा विदेशको भ्रमण गर्छिन् । विदेशमा बस्दा पनि उनको दैनिक रुटिन परिवर्तन हुँदैन । हुन्छ त केवल कार्यतालिका । उनको बिहानको समय आराध्य देवी र.देवताको पाठपूजामा बित्छ ।
दशैंको नवरात्रिमा उनी नौ दिनसम्म देवीको व्रत बस्छिन् र नौ दिनको दिन हवन गरेर नवरात्रिको पूजा बिर्सजन गरेपछि उनको घरमा दशैंको रौनक आउँछ । प्रणयाम र व्यायाम पूजापाठ पछिको उनको तालिका हो । पूजापाठ सकिएपछि परेवालगायतका चराचुरुङ्गीलाई दाना राख्ने काम पनि उनी आफै गर्छिन । बिहान फ्रेस जुस र फलफूलमात्रै खाने राणा दिउँसो २ परम्परागत नेपाली खाना (मासको दाल, भात, विभिन्न सिजनेवल तरकारी) खान उनी रुचाउँछिन् ।
बेलुका भने यहि चाहिन्छ भन्ने छैन । घरमा ९/१० जना काम गर्ने स्टाप छन् । घरमा स्टाफका लागि जे बनेको हुन्छ त्यहि खाएर उनी सन्तोष मान्छिन् । खाना र खाजामा उनी सानैदेखि शौखिन छैनन् । उनमा यो खान्न, त्यो खान्न भन्ने छैन । जे बनेको छ त्यहिनै उनका लागि तृप्त भोजन हो । खाजामा पनि सामान्य चना, चिउरा, अण्डा, रोटी उनको रोजाइमा पर्ने गर्दछ । यद्यपि क्वाटी (गेडागुडीको मिश्रण) मा मटन (खसीको मासु) राखेर आफैले बनाएको तरकारी उनलाई मात्र नभइ घरका अन्य सदस्य र पहुँनालाई समेत साह्रै रुचाउँछन् । यसका साथै उनी गूड ‘केक बेकर’ पनि हुन् ।
सानो छँदा घरबाहिर घुईपासा, डोरी, लुकीछिपी, दण्डीबियो, ढ्याक, हक्र्याङलगायतका खेल र घरमा मुमाले बनाएको रोटी, चिउरा, चना, अण्डाको स्वाद अहिले पनि उनले बिर्सेकी छैनन् । होस्टेलबाट घर आउँदा पनि दिदी (बसन्ती) भने जहिले पनि पढ्न व्यस्त हुने तर, उनी भने खेल्न र मस्ती गर्न रमाउने चुल्बुले नेचर थियो ।
जाउलाखेलस्थित सेन्ट मेरिजकी औसत विद्यार्थी उनले आफू आर्थिक रुपमा सक्षम र सवल हुनपर्छ भन्ने शिक्षा उनकै मुमाबाट सिकेकी हुन् । ‘मेरी मुमा (आमा) स्ट्रोङ लेडी र गूूड म्यानेजर भएकोले ममा पनि त्यो गुण छ,’ उनले भनिन् । विवाह गरेर गएपछि पनि उनले आफ्नै आमाजस्तै माया गर्ने समझदार मार्ग निर्देशकको रुपमा सासुमुमा पाइन् ।
राणा परिकार पकाउनदेखि जीवनका अन्य धेरै पाटा उनले उहाँबाट सिक्ने मौका पाइन । सासुको बुझ्ने र बुझाउने लेभर अझ माथि थियो । ‘उहाँ त नेपालको पहिलो प्रधानपञ्च होइसिन्थ्यो र सांसद पनि । मेरो श्रीमान्ले भन्दा मलाई बढी सहयोग मलाई मेरो सासु मुमाले लिइस्यको थियो,’ राणाले भनिन् ।
आफ्नो बुबामुमालाई म प्रेरणाको स्रोत मान्छु । मेरो घरपट्टीको बुबा मुमाको स्वर्गबास भइसकेको थियो । उनको मुमा बुबाको भने उनी वरिष्ठ उपाध्यक्ष हुन चुनावी दौडधूपमा लाग्दै गर्दा स्वर्गारोहण भएको हो । मुमाको स्वर्गबास हुँदा म भ्याली बाहिर मेलामा अतिथिको रुपमा जान ठिक्क परेकी थिए । तर, उहाँको अवस्था राम्रो नदेखेपछि उनी गईनन् ।
उहाँले मलाई जाउँ जाउँ भन्दा पनि म गइन् । मेरो अतिनै प्रियजन मुमाबुबा चारै जना मेरै हातमा स्वर्गबास भएको हो । हिन्दु संस्कार अनुसार अन्तिम समयमा गर्ने सबै कार्य (दानहरू) गर्न मैले पाए । त्यसले मलाई जीवनमा सन्तुष्टी दिएको छ । आफ्नो बिजिलाइफको कारण उहाँहरूको अन्तिम समयमा यो गर्न पाइन, त्यो गर्न पाइन भनेर कुनै खुट्कोे ममा रहेन । आफ्नै हातले पानी खुवाएर उहाँहरूको ‘महाप्रस्थान’ भयो,’ उनले भनिन् ।
मान्छेको लाइफ भनेको डिसिप्लेनमा चल्ने हो । जतिसुकै व्यस्त भएपनि उनले अहिलेसम्म कहिले पनि डिसिप्लेन भंग हुन दिएकी छैनन् । उनमा भएको सकारात्मक सोच, आत्मविश्वास पितृको आर्शिवाद आफूमा रहेको उनको बुझाइ छ । र त नि उनी कामको चापकाबीच पनि सधै हँसिलो, फूर्तिलो र स्मार्ट देखिन्छिन् । यस्तो हुन मानिसमा एक प्रकारको छुट्टै इनर्जी चाहिन्छ । उनले आफूलाई सधै फुर्तिलो र इनरजेटिक राख्न नियमित योगा र भगवानको आरधाना गर्छिन ।
‘भगवान प्रतिको आस्था र भरोसाका कारण पनि ममा यो इनर्जी आएको होला,’ उनले भनिन् । ‘मलाई भगवानप्रति ठूलो आस्था र भरोसा छ,’ उनी भन्छिन् । सधै फुर्तिलो हँसिलो देखिनुको अर्को रहस्य भने उनले कहिल्लै कसैलाई पनि नकरात्मक सोचाइ राख्दिनन्, अरुको नकरात्मक कुरा पनि उनी वास्ता गर्दिन्, इग्नोर गर्छिन । कहि कुनै बेला नराम्रो भइ हाल्यो भने पनि भोलि राम्रोका लागि भएको हो भनेर मन बुझाउँछिन्, उनी ।
आध्यामिक सोच र भगवान प्रतिको आस्थाले होला उनले महासंघमा भएका हरेक अप्ठ्यारो परिस्थितिमा सही डिशिजन लिन सकिन । उनी अध्यक्ष भएका बेला महासंघमा विधान संशोधनको मुद्दाले ठूलै महत्व पायो । दिनहुँ यसमा चर्चा परिचर्चा धेरै वहस भए । तर, उनले आफ्नो नेतृत्वलाई डगमगाउन दिइनन् ।
मायालाई रेस्पोन्सिबिलिटी अनुसार डिफाइन गर्ने उनी फुर्सद हुँदा संगित सुन्न रुचाउँछिन् । राम्रो मुभी चलेको बेला उनी परिवारसँग मुभी हेर्न पुग्छिन् ।
जीवन संघर्ष हो । जीवनमा केही भिन्न काम गरेर समाजमा देखाउनु, समाजलाई केही दिनु नै सार्थक जीवन हो जस्तो लाग्छ, उनलाई । आफ्नो सानो सहयोगबाट अरुमा जीवनमा खुशी देख्दा उनका लागि त्यो क्षण अविस्मरणीय हुन्छ ।
समय र विकासक्रम अनुसार भवानीको सपना पनि फरक रहे । तत्कालीन अञ्चलाधीश उनका बुबा कामको सिलसिलामा देशको विभिन्न ठाउँमा पुग्थे। बुबासँगै सानैमा थुप्रै ठाउँ पुगेकी भवानीको मन नेपालको ग्रामीण क्षेत्रमा अभावमा बाँचिरहेका महिलाको अवस्थाले त्यतिबेला नै छोएको थियो ।
सम्पन्न परिवारका छोरी/बुहारी पनि आफ्ना स–साना रहर दवाएर बाँचिरहेका हुन्थे, आफू स्वावलम्बी थिएनन्, बुबा र श्रीमानहरूसँग आफ्ना रहर भन्न सक्दैनथे। तिनको अवस्था देखेर उनको सपना पनि मोडियो। महिला सशक्तिकरण गर्ने अभियान लाग्ने अवसर उनी विवाह भएर नेपालगञ्ज गएपछि अझ बढी मिल्यो ।
आफू गर्भवती हुँदा समेत महिलालाई सक्षम बनाएर आत्मनिर्भर बनाउन उनी पछि परिनन् । सासु(मुमा)ले यस्तो अवस्थामा केयर गरेर हिड्नु भनेर सधै सल्लाह दिनु हुन्थ्यो । जिल्ला पुगेर महिला दिदीबहिनीलाई उद्यमी बनाउन तथा उनीहरूमा उद्यमशीलताको विकास गर्न उनले कुनै कसुर छाडिनन् ।
समाजको नेतृत्वमा आउने र महिला पनि सक्षम छन् भनेर उदाहरण बन्ने भवानीको सपना थियो । उनकी आमा भन्थिन्, ‘आत्मनिर्भर बन्नुपर्छ । सीप सिक्नुपर्छ । छोरीहरुले पनि आर्थिक रुपमा सम्पन्न बन्नुपर्छ ।’ यसलाई उनले राम्ररी बुझेकी थिइन र त्यहि भएर उनले समयलाई कहिल्यै त्यतिकै खेरा जान दिइनन् ।’
भारतमा फेसन डिजाइनको कोर्श गरेकी राणाले दिदी बसन्तीसँग मिलेर गार्मेन्ट उद्योग पनि सञ्चालन गरेकी थिइन । त्यहि ग्रामेन्ट सञ्चालन गर्न उनले फेसन डिजाइनको कोर्श गरेकी हुन् । पछि काल क्रमसँगै उनलाई नेतृत्वको त्यो तहसम्म पुर्यायो, जहाँ महिलामात्रै नभइ हरेक देशमा उद्यम व्यवसाय गरेर प्रतिष्ठा कमाएका पुरुष पनि उत्तिकै लालाहित हुन्छन् र सघंष गर्छन् ।
कसैसँग केहि जाने होइन, जीवन सहज र सम्मानपूर्वक चल्न सकोस् भन्ने हो । मैले जीवनमा आफू गर्नुपर्ने कुनै कसुर छाडेको छैन, र त नि म सन्तुष्ट र खुशी छु, उनले मुस्कुराउँदै भनिन् ।
महासंघमा राणाको आवद्धता
नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्षको जिम्मेवारी सकिएपनि उनले गर्ने काममा केहि हल्का भएपनि अन्य दायित्व भने छँदैछ । १५/१६ वर्ष महासंघ केन्द्रीय सदस्य भएर महासंघ हाक्ने अवसर उनलाई मिल्यो ।
दुई दशकदेखि नेपालगञ्ज उद्योग वाणिज्य संघ र बर्दिया उद्योग वाणिज्य संघसँग आवद्ध भवानी राणा १६ वर्षअघि नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिमा मनोनित भएकी हुन् । उनी महिला उद्यमी महासंघको समेत अध्यक्ष भएकी थिइन । महिला उद्यमी महासंघको अध्यक्ष बन्दा २६/२७ वटा संघमा रहेको महिला उद्यमीको शाखा सञ्जाल उनकै पालमा ६० वटा बनेको हो ।
सन् २००५ मा मनोनित सदस्यको रूपमा महासंघमा प्रवेश गरेकी थिइन् राणा सन् २००८ मा जिल्ला नगर क्षेत्रबाट केन्द्रीय सदस्यमा विजयी भइन् । सन् २०११ मा जिल्ला नगरकी उपाध्यक्ष बनेकी राणा प्रदीपजंग पाण्डे महासंघका १६औँ अध्यक्ष बन्दा अन्तिमतिर उनलाई वरिष्ठ उपाध्यक्ष बन्ने अवसर मिल्यो ।
सन् २०१६ मा सर्वसम्मतिबाट महासंघको विधान पास भएपछि उनलाई विधानसम्मत अध्यक्ष बन्ने बाटो खुला भयोे र महासंघको १८औँ अध्यक्षको रूपमा जिम्मेवारी सम्हालेकी हुन् ।
अहिले के के जिम्मेवारीमा छिन् राणा ?
अहिले उनी आफ्नो उद्यम व्यवसायका साथै भारत–नेपाल संयुक्त विजनेश फोरमको सह–अध्यक्षको भूमिकामा छिन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमण गएका बेला दुई देश बीच व्यापार अभिवृद्धि गर्ने विषयमा सात बुँदे सम्झौता भएको छ । भारत भ्रमणमा पहिलो पटक भइरहेको यस प्रकारको बैठकमा नेपाली टोलीको नेतृत्व गर्न पाउँदा खुसी लागेको छ’, भवानी राणा भनिन् । उक्त सम्झौता नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शको पनि उपस्थिति थियो ।
अहिले राणाले लगानी बोर्डमा निजी क्षेत्रबाट प्रतिनिधित्व गरिरहेकी छिन् भने प्रधानमन्त्री काउन्सिलमा सल्लाहकारका साथै ट्युनिसियाको अवैतनिक दूतमा पनि हुन् ।
ट्युनिसिया र नेपालबीच पयर्टन प्रवद्र्धनमा काम गरिहेको छिन् । राणाले भारतसँगको लिंकेजमा वल्र्ड बुक रेकर्डमा गुडवेल एम्बाष्डरको रुपमा रहेकी छिन् ।
यसका साथै बैंक तथा इन्स्योरेन्स कम्पनीको सञ्चालकमा पनि अहिले उनले प्रतिनिधित्व गरिरहेकी छिन् । नेपालगञ्जमा स्नेह होटल सञ्चालन गरेकी राणा स्नेह ग्रूपकी चेयरमान हुन । उनको वर्दियामा स्नेहा रिसोर्ट र कृषि फम छ भने ललिपुरको चुनिखेलमा सिरिज उद्योग ।