सामलिङ्ग पावरको आइपीओ कार्तिक ४ गतेदेखि

काठमाडौं । सामलिङ्ग पावर कम्पनीले कातिृक ४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन गर्नेछ ।

निष्काशन गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७८ हजार ९०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यस आइपीओमा सर्वसाधारणले कार्तिक ८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा पूर्ण आवेदन नपरेमा कार्तिक १८ गतेसम्म आवेदन दिने मिति लम्बिनेछ । सो सेयर न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन सकिन्छ ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स