रुट परमिट खुला, सवारीसाधन देशभर जहाँ पनि जान सक्ने

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ ।

विभागले दशैं, तिहार र छठ नजिकिएसँगै काठमाडौं बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन इजाजतपत्र खुला गरेको हो ।

इजाजतपत्र खुला भएसँगै जुनसुकै सार्वजनिक सवारी रुट परमिट विना नै देशभर जहाँ पनि जान सक्नेछन् ।
यसले सवारीले यात्रुलाई सहजरुपले गन्तव्यमा पुर्‍याउन र ल्याउनका लागि पटके इजाजत पनि काट्नुपर्ने छैन ।

दशैंका समयमा अन्य समयको तुलनामा धेरले काठमाडौं उपत्यका छोड्ने गर्छन् । सार्वजनिक सवारीसाधनको क्षमताभन्दा यात्रुको चाप बढ्ने भएकाले प्रत्येक वर्ष विभागले दशैं अघि रुट परमिट खुला गर्ने गर्छ ।

यस्तो गर्दा काठमाडौं उत्पत्यका भित्र गुड्ने लोकल सवारीसाधन पनि दशैंमा लामो यात्राका यात्रुहरु बोक्न पाउँछन् ।

गत असोज ११ गतेदेखि सार्वजनिक यातायातको टिकट बुकिङ खुला भइसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स