काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ ।
आइतबार, नेप्से परिसूचक १४.८१ अंकले बढेर २०८०.८६ अंक विन्दुमा आइपुगेको छ ।
आज ९ लाख १८ हजारको कित्ता सेयर ३ अर्ब १ करोड ८४ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १०० वटा कम्पनीको सेयर मूल्य बढ्दा ११७ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, नेपाल इन्स्योरेन्स प्रमोटर सेयरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५८ करोड ४५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, घोराही सिमेन्टको २३ करोड १५ लाख, सोल्टी होटलको १४ करोड ५२ लाख, माउन्टेन इनर्जीको ११ करोड ७३ लाख, आईएमई लाइफ इन्स्योरेन्सको १० करोड ६१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।