नेप्सेमा घोराही सिमेन्टसहित ३ कम्पनीको सेयर कारोबार सुरु, कुन मूल्यमा भयो पहिलो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा घोराही सिमेन्टसहित ३ कम्पनीको सेयर कारोबार सुरु भएको छ । आइतबार नेप्सेको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएसँगै घोराही सिमेन्ट, थ्रीस्टार हाइड्रोपावर र अपर स्यांगे हाइड्रोपावरको सेयर कारोबार सुरु भएको हो ।

जसमा घोराही सिमेन्टको पहिलो कारोबार ५६५.५ रुपैयाँमा भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतममा प्रतिकित्ता २२६.६१ रुपैयाँदेखि अधिकतममा ६७९.८३ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको थियो। यस रेन्जको जुनसुकै मूल्यमा पहिलो कारोबार हुने सक्ने व्यवस्था रहेकोमा ५६५.५ रुपैयाँबाट कारोबार सुरु भएको हो ।

बिहीबार घोराही सिमेन्टको कुल ३ करोड ९७ लाख १९ हजार ६ कित्ता सेयर सूचीकृत भएको थियो। जसमा सर्वसाधारण सेयरधनी (विदेशमा रहेका नेपाली श्रमिक, उद्योग प्रभावित स्थानीय, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को ७९ लाख ४३ हजार ८०१ कित्ता ९२० प्रतिशत० र संस्थापक सेयरधनीको ३ करोड १७ लाख ७५ हजार २०५ कित्ता (८० प्रतिशत) रहेको छ।

नेप्सेले कम्पनीलाई ‘जीसीआईएल’ कारोबार संकेत प्रदान गरेको छ।

त्यस्तै, थ्रीस्टार हाइड्रोपावरको २५५ रुपैयाँमा पहिलो कारोबार भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतममा प्रतिकित्ता ८५.६५ रुपैयाँदेखि अधिकतममा २५६.९५ रुपैयाँसम्म ओपनिङ रेन्ज प्रदान गरेको थियो । यस रेन्जको जुनसुकै मूल्यमा पहिलो कारोबार हुने सक्ने व्यवस्था रहेकोमा २५५ रुपैयाँबाट कारोबार सुरु भएको हो ।

बिहीबार कम्पनीको कुल ३९ लाख २५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा सर्वसाधारण सेयरधनी (विदेशमा रहेका नेपाली श्रमिक, स्थानीय, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को १२ लाख ३१ हजार २५० कित्ता (२५ प्रतिशत) र संस्थापक सेयरधनीको ३६ लाख ९३ हजार ७५० कित्ता (७५ प्रतिशत) रहेको छ।

नेप्सेले कम्पनीलाई ‘टीएसएचएल’ कारोबार संकेत प्रदान गरेको छ।

त्यसैगरि, अप्पर स्यांगे हाइड्रोपावरको २५३.६० रुपैयाँमा पहिलो कारोबार भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतममा प्रतिकित्ता ८४.५४ रुपैयाँदेखि अधिकतममा २५३.६२ रुपैयाँसम्म ओपनिङ रेन्ज पाएको थियो। यस रेन्जको जुनसुकै मूल्यमा पहिलो कारोबार हुने सक्ने व्यवस्था रहेकोमा २५३.६० रुपैयाँबाट कारोबार सुरु भएको हो ।

बिहीबार कम्पनीको कुल २२ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा सर्वसाधारण सेयरधनी (विदेशमा रहेका नेपाली श्रमिक, उद्योग प्रभावित स्थानीय, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को ८ लाख ७० हजार ८०१ कित्ता (३९.५५ प्रतिशत) र संस्थापक सेयरधनीको ३ करोड १३ लाख ३० हजार कित्ता (६०.४५ प्रतिशत) रहेको छ।

नेप्सेले कम्पनीलाई ‘यूएसएचएल’ कारोबार संकेत प्रदान गरेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स