नागरिक लगानी कोषको नाफा बढेर ९१ करोड पुग्यो, प्रतिसेयर आम्दानी

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको अन्त्य असारसम्म ९० करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.७४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कोषले ६६ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । आम्दानी बढेसँगै कोषको खुद नाफा बढेको हो ।

समीक्षा अवधिमा कोषको ब्याज आम्दानी १२.५१ प्रतिशत बढेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी १०.४९ प्रतिशत बढेको छ । कोषको कुल आम्दानी ११.३० प्रतिशत बढेको छ भने कुल खर्च ०.१९ प्रतिशत घटेको छ ।

नाफा बढेपनि कोषको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कोषको यस्तो आम्दानी ३ रुपैयाँ २२ पैसा घटेर १७ रुपैयाँ ८ पैसामा झरेको छ । चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा कोषको प्रतिसेयर आम्दानी घट्न पुगेको हो । असार मसान्तसम्ममा कोषको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ८१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १२२.३ गुणा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स