निर्माण व्यवसायीले भोलि आइतबार सडक र सिँचाइ विभागमा तालाबन्दी गर्ने

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आयोजनाहरूको रकम भुक्तानी नपाएको भन्दै जारी आन्दोलनलाई सशक्त बनाउन भोलि आइतबार सडक र सिँचाइ विभागमा ताला लगाउने निर्णय गरेको छ ।

महासंघको शुक्रबारको बैठकले आन्दोलनलाई तेस्रो चरणमा २८ गतेदेखि सडक विभाग र सिँचाइ विभागमा ताला लगाउने घोषण गरेका हुन् ।

महासंघले नेपाल सरकारबाट जारी भएको म्याद थपको आदेश र भुक्तानी लगायतका १० बुँदे मागहरूका सम्बन्धमा लामो समयदेखि आन्दोलन गर्दै आइरहेको छ ।

महासंघले राजधानी केन्द्रित आन्दोलनको पहिलो र दोस्रो चरणको कार्यक्रम सम्पन्न गरिसकेको छ । महासंघले तेस्रो चरणको आन्दोलन अन्तर्गत सडक विभाग र सिँचाइ विभागमा तालाबन्दीसहित धर्ना दिन लागेको जनाएको छ ।

महासंघका अनुसार आइतबार २८ गतेदेखि मंगलबार ३० गतेसम्म दैनिक ९ बजेदेखि ३ बजेसम्म तालाबन्दीसहित धर्ना कार्यक्रम हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स