सेबोनद्वारा थप ३ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान, क-कसले पाए ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप ३ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ। बोर्डको साउन २४ गतेको बैठकले थप ३ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको हो।

ब्रोकर लाइसेन्स पाउने कम्पनीहरुमा जेबीएनएल सेक्युरिटिज, आरबीबी सेक्युरिटिज र सीबीआईएल सेक्युरिटिज रहेका छन्। यी ३ वटै कम्पनीले सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको लाइसेन्स पाएका छन्।

योसँगै अब उनीहरुले नेपाल स्टक एक्सचेन्ज नेप्सेबाट कारोबार सदस्यता र सिडीएससीबाट राफसाफ सदस्यता लिएसँगै नियमित सेयर कारोबार गर्न सक्ने छन् ।

यसअघि २९ वटा नयाँ कम्पनीले सेबोनबाट ब्रोकर लाइसेन्स पाइसकेका छन्। ३ वटा कम्पनी थपिएसँगै नयाँ ब्रोकर लाइसेन्स पाउने कम्पनीको संख्या ३२ पुगेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स