काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्टको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ७२ लाख ६ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरमा प्रिमियम रकम १६ रुपैयाँ थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा ५ लाख ७२ हजार ६५ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशनमा ल्याएको थियो।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ८५ लाख ८१ हजार १०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँका दरले ८५ हजार ८१० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशनमा ल्याएको थियो।
आईपीओको नतिजा प्रकाशन भएको केहि समयपछि यी ३ तरिकाबाट हेर्न सकिने छः
१.सीडीएसले आईपीओको नतिजा हेर्न बनाएको वेबसाइटः iporesult.cdsc.com.np/
२.बिक्री प्रबन्धकको वेबसाइट: https://www.siddharthacapital.com/
३.मेरोसेयर एपस् जततउकस्रर: https://meroshare.cdsc.com.np/#/login