सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १ लाख ३० हजार बढी कित्ता सेयर बिक्रीमा

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को संस्थापक सेयर बिक्रीमा बिक्रीमा राखिएको छ।

कम्पनीको संस्थापक समूहको १ लाख ३० हजार ४७९ कित्ता सेयर बिक्रीमा राखिएको हो। उक्त सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

सेयर खरिदका लागि लिखित प्रस्ताव पेस गर्न सलिकोले ३५ दिनको समयावधि दिएको छ। सेयर खरिद प्रस्ताव कम्पनीको काठमाण्डौको नक्सालमा रहेको कार्यालयमा सम्पर्क गर्न सकिनेछ।

तोकिएको अवधिभित्र सेयर खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स